Everest Bank Ad

सोल्टी गल्फ शनिबार

Saturday, March 26th, 2016

काठमाडौं, फागुन ७

सोल्टी क्राउन प्लाजाले हरेक वर्ष गर्ने कर्पोरेट गल्फ शनिबार हुने भएको छ । गोकर्ण गल्फ रिर्सोटमा हुने एक दिने प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका १ सय २० गल्फरले प्रतिस्पर्धा गर्ने आयोजक सोल्टी क्राउन प्लाजा काठमाडौंले जानकारी गराएको छ ।

१८ होलमा खेलिने प्रतियोगिता ३\४ स्टेबलफोर्ड फरम्याटका आधारमा हुनेछ । यस वर्षको प्रतियोगितामा पुरुषको लागि २४ र ३६ ह्यान्डी क्याप महिलाको लागि राखिएको छ ।

सोल्टी गल्फले कर्पोरेट क्षेत्रका ब्यक्तिलाई गल्फ खेल्न आकृर्षित गर्ने सोल्टी होटल लिमिटेडका बोर्ड अफ डिरेक्टर विजय बहादुर श्रेष्ठले बताए ।

उनले भने, ‘प्रतियोगिता हरेक वर्ष राम्रो हुदै गएको छ । हामी खुसी छौं । सोल्टी गल्फले ब्यावसायिक क्षेत्रका ब्यक्तिलाई आपसमा सदभाव बढाउँदै गल्फ खेल्न पनि आकृर्षित गरिरहेको छ । यसले नेपालमा नयाँ गल्फर उत्पादनमा सहयोग गर्न सक्छ ।’

सोल्टी क्राउन प्लाजाका फुड एन्ड बेभरेज डिरेक्टर बलराम पाठकले प्रतियोगितालाई आगामी वर्षमा थप राम्रो गर्ने लक्ष्य रहेको बताए । उनले भने, ‘प्रतियोगिता निरन्तरत गर्नमा हामीलाई धेरैले सहयोग गर्नु भएको छ । हामी हरेक वर्ष प्रतियोगितालाई राम्रो बनाउने कोसिस गछौं ।’

यसैगरी प्रतियोगिताको अवसरमा सोल्टी क्राउन प्लाजाले लेडिज क्याडको विकासका निम्ति ४० हजार रुपैयाँ सहयोग गर्ने बताएको छ ।