Everest Bank Ad

सूर्य टोलीलाईओपन गल्फ उपाधि

Saturday, March 26th, 2016

काठमाडौं, पुस १२
सूर्यप्रसाद शर्माको टोली सूर्य नेपाल वेस्टर्न ओपन प्रोएम च्याम्पियन बनेको छ । सूर्यको टोलीबाट एमच्योर खेलाडी रुपेन्द्र श्रेष्ठ, जीवाराम गुरुङ र विजय मोक्तानले खेलेका थिए । सूर्यको टोलीले पोखराको हिमालयन गल्फ कोर्समा १ सय ३५ स्कोर जोडेपछि उपाधि जितेको हो ।

सूर्यले ३२, रुपेन्द्रले ४०, जीवारामले ३५ र विजयले २८ अंक स्कोर गरेका थिए । सूर्यले ५ हजार पाए भने एमच्योर गल्फरले ट्रफी थापे । १ सय ३४ स्कोर बनाउँदै व्यावसायिक खेलाडी दीपक थापामगरको टोली दोस्रो भयो । दीपकले ३३ र टोलीका एमेच्योर खेलाडी बुद्धिमान गुरुङले ३९, प्रज्वल गुरुङले ३४ र डा. निरञ्जन शर्माले २८ स्कोर गरे ।
व्यावसायिक गल्फर धन थापाको टोली १ सय ३२ स्कोरसाथ तेस्रो भयो । धनले ३६, एमेच्योर गल्फरहरू टेन्डी शेर्पाले ३४, लोप्साङ टासीले ३१ र रामबहादुर गुरुङले ३१ स्कोर गरेका थिए । दीपकले ३ र धनले २ हजार नगद पाए ।

प्रतियोगितामा ४० अंक जोडेका रुपेन्द्र श्रेष्ठले व्यक्तिगततर्फ उत्कृष्टको उपाधि जिते । सुजन थापाले लङ्गेस्ट ड्राइभ (होल नम्बर १०) र मन्दिप केसीले क्लोजेस्ट टु द पिन (होल नम्बर १४) उपाधि जिते छन् ।
१६ व्यावसायिकसहित ६२ खेलाडीको सहभागिता रहेको प्रोएम स्पर्धा स्टेबल फोर्डका आधारमा खेलाइएको थियो ।