Everest Bank Ad

सुवोधको शतकीय पारीले डीसीएको शानदार जित

Monday, October 29th, 2018

cricket boy
रंगशाला
कार्तिक १२
कप्तान सुवोध ऐरको शतकीय पारीको मद्दतले धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले मुम्बईमा शानदार जित हात पारेको छ ।
डीसीएले स्थानीय जोली ब्रदरर्स क्रिकेट क्लबलाई एक सय १० रनले पराजित गरेको हो । यो संगै मुम्बईमा पाँच मैत्रीपूर्ण एकदिवसीय खेल खेलिसकेको डीसीएले तीन खेलमा जित निकालेको छ । भने, दुई खेल गुमाएको छ ।
सोमवार क्रस मैदानमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको निर्धारित ३५ ओभर पुरै खेल्दै सात विकेटको नोक्सानमा दुई सय २८ रन बनायो । डीसीएको जितमा कप्तान सुवोध ऐरले कप्तानी पारी खेल्दै सतक बनाए । उनले मात्र ८९ बलमा एक सय ६ रन बनाए । उनको ब्याटबाट १६ चौका निस्केको थियो ।
डीसीएले उच्च स्कोर बनाउने क्रममा कप्तान ऐर र अर्का प्रारम्भिक ब्याट्सम्यान रोहन विकले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गरे । क्याच आउट भएका रोहनले ३१ रन बनाए । उनले पाँच चौका पनि हानेका थिए । यस्तै, डीसीएको जितमा सोनु मण्डलको पारी पनि निकै महत्वपूर्ण रह्यो । उनले अर्ध शतक बनाए । चौथो विकेटको रुपमा कप्तान सुवोध र सोनुले सबैभन्दा बढी एक सय २४ रनको साझेदारी गरे । क्याच आउट हुनु अगाडि सोनुले ४९ बलको सामना गर्दै ६५ रनको योगदान गरे ।
सिजन कुँवरले पाँच, सन्दिप आउजीले ८ र विनोद विष्टले दुई रन बनाएर नटआउट रहे ।
बलिङ्ग गर्दै जोलीका अथर्भले सर्वाधिक चार विकेट लिए पनि डीसीएलाई रन बनाउनबाट रोक्न सकेनन् । सात ओभर बलिङ्ग गरेका उनले ४२ रन खर्चेका थिए ।
यसैगरी, देव अलिमक, अजहर मन्सुरी र रियान साहले समान÷समान एक÷एक विकेटको सफलंता हात पारेका थिए ।
विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको जोली ब्रदर्श ३२ ओभरमा अलआउट हुँदै एक सय १८ रनमा समेटियो । उसका अजहर मनसुरीले ३१ र देवले १८ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
जोलीको पारीलाई धराशयी पार्ने क्रममा डीसीएका १० वर्षीय खेलाडी सुवोध तिवारीले सर्वाधिक तीन विकेट लिए । सोनु मण्डल र निशान पन्तले दुई÷दुई, कुश मण्डल र राजन लोहनीले समान एक÷एक विकेट हात पारे ।
मुम्बई टुरमा रहेको डीसीएले अब दुई खेल मुम्बईको कल्याणमा खेल्नेछ ।