Everest Bank Ad

सिभिल बैंक स्क्वास मंगलबारदेखि

Sunday, October 16th, 2016

काठमाडौं, असोज ३० गते
विश्व स्क्वास दिवसको अवसरमा चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । नेपाल स्क्वास याकेट्स संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा ८५ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा बेलायतको ब्रिटिस गोर्खाका १० खेलाडी रहने छन् ।
पुरुष सिंगल्समा ३५, महिला सिंगल्समा १८ तथा भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा १६ खेलाडीले भाग लिने छन् । त्यस्तै जुनियर ब्वाइजको यु–१३ र यु–१९ मा समान ८–८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यु–१३ र यु–१९ विधा यसपटकदेखि थपिएको हो ।
पुरुषमा अरहान्तकेशर सिं, महिलामा भावना सुनुवार तथा भेट्रान्समा सुदीपबहादुर सिंह डिफेन्डिङ च्याम्पियन हुन् ।  भेट्रान्समा बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

कुल पुरस्कार राशी ६५ हजार रुपैयाँ रहेको छ । यो रकम गत वर्षको भन्दा झन्दै दोब्बर भएको स्क्वास संघका महासचिव सुरेश गुरुङले जानकारी गराए ।
सिभिल बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने अध्यक्ष महर्जनले जानकारी गराए ।
प्रतियोगिताका खेलहरु सातदोबाटोमा हुनेछ । प्रतियोगिता विश्व स्क्वास दिवसका दिन शनिबार सम्पन्न हुनेछ । संघले यो वर्ष आयोजना गर्न लागेको यो प्रतियोगिता तेश्रो हो ।