NTC Ad

सहारा साँझबाट सहारा एकेडेमीलाई १५ लाख सहयोग

Monday, November 6th, 2017

काठमाडौं, कात्तिक २० गते
सहारा क्लवहङकङले आयोजना गरेको तेस्रो सहारा साँझबाट २२लाख५३ हजार पाँच सय सातरुपैयाँ(१७०,७६ हङकङ डलर)बचत भएको छ । संस्थाले आईतवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्ययविवरण सार्वजनिक गरेको हो ।

संस्थाकासहकोषाध्यक्षकुमार गुरुङले सार्वजनिक गरेको आयव्ययविवरण अनुसार संस्थाले तेस्रो सहारा साँझबाट ४७लाख ८१ हजार पाँच सय ६७ रुपैयाँ(३६०,८७३ हङकङ डलर) आम्दानी गरेको छ भने २५ लाख २८ हजार साठी रुपैयाँ (१९०,७९७हङकङ डलर)खर्च भएको छ ।

आत्मासाक्षी राखी“मनबचनकर्मले सामाजिक सेवा गरौं”भन्ने उद्देश्यका साथस्थापित सहारा हङकङले जेठको तेस्रो साता सञ्चालनगरिएको तेस्रो सहारा साँझबाट बचत रकममध्ये १५ लाख रुपैयाँ सहारा एकेडेमीपोखरालाई सहयोग गर्ने उद्घोष गरेको छ भने पाँचलाख रुपैयाँ भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङको माध्यमिकविद्यालयलाई भवन निमाणार्थ सहयोग गर्ने भएको छ ।

sahara hongkong (3)

कार्यक्रममाबोल्दै सहारा क्लवहङकङकाप्रमुख सल्लाहाकार तुलसीकुमार गुरुङले तेस्रो सहारा साँझ सफलभएकोमाखुसीव्यक्त गरे । उनले हङकङ जस्तो व्यस्तशहरमाहुने अधिकांशकार्यक्रमअसफलहुने बताउँदै सहारा हङकङले जति सहयोग रकम संकलनगर्न सक्यो त्यो निकै कठिन कार्यले सम्भवभएकोमा टिमलाई धन्यवाददिए ।

साथै, उनले पव्लिकको रकमकत्तिपनितलमाथिपार्न नहुने बताए । कठिन परिस्थितीएवं विपन्नवर्गकाबालकहरुको सहयोगार्थ आयोजनागरिएको तेस्रो सहारा साँझ सम्पन्नगर्नको लागिकार्यक्रमको मुख्यप्रायोजकमा ईन्द्र बराहज्वेलरी, सहआयोजकमा समाजसेवीतथाकानुनव्यवसायी देव गुरुङ, गोल्ड प्रायोजकमा सहारा क्लवहङकङकाप्रमुख सल्लाहाकार तुलसीकुमार गुरुङ र प्रायोजितमा तमु समाजहङकङकाअध्यक्षकोमल गुरुङ (कान्छा)ले सहयोग गरेकाथिए ।
कार्यक्रममाहङकङ सरकारबाट चिपएक्जुकेटिभ अवार्डबाट सम्मानितव्यक्तित्व सहारा क्लवहङकङका सल्लाहाकार तथाएनआरएनहङकङकाअध्यक्ष राधिका गुरुङ (टिका)लगायतसहारा हङकङलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मानगरिएको थियो ।