Everest Bank Ad

शिवानी चेस आइतबारदेखि

Saturday, August 20th, 2016

काठमाडौं, भदौ ४ गते
ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा  आइतबार शिवानी एअर रेटिङ चेस प्रतियोगिता हुने  भएको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समितिको हलमा हुने प्रतियोगितामा कूल १ लाख १० हजार नगद पुरस्कार रहेकोछ । जस अनुसार विजेता प्रथमलाई २५  हजार , दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार, चौथोलाई ७ हजार र पाँचौलाई ५ हजार रहेको छ भने छैटौंदेखि दशौसम्मलाई जनहि ३ हजार प्रदान गरिनेछ । त्यसैगरी विद्यालयका छात्र छात्रातर्फ उत्कृष्ट ५ जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएकोछ ।
प्रतियोगिता संचालन गर्न कूल साढे चार लाख खर्च लाग्ने, प्रतियोगितामा उपत्यका बाहिरबाट आउने खेलाडीहरुलाई आबासको व्यवस्था गरिएको छ ।
शिवानी एअरलाईन्सका प्रबन्धक मनिन्द्रलाल रन्जितकारले नगद पुरस्कार प्रायोजन गर्नु भएको छ भने स्वीस लिग प्रणालीमा नवौं चरणसम्म हुने खेलको संचालन अन्तर्रा्ष्ट्रिय आर्विटर बिदुर प्रसाद गौतमले गर्नुहुनेछ । प्रतियोगितामा ३० जिल्लाका २००० मुनि रेटेडका ८० जना खेलाडीहरुको सहभागीता रहनेछ ।