Everest Bank Ad

शिवम न्युडायमण्ड र एपीएफको बिजयी शुरुवात

Friday, February 16th, 2018

नेपालगन्ज, फागुन ४ गते
पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलमा सहभागीमा शिवम न्युडायमयड र एपीएफले बिजयी शुरुवात गरेका छन । बिहिवार भएको उदघाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो ।

डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो । अर्को खेमला एपिएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई २५–९, २५–७, २५–११ ले हरायो ।
शिवम न्यु डायमण्डका प्रशिक्षक कुमार राईको पहिलो रोजाईका खेलाडी कप्तान ललिता नाथ, प्रतिभा माली, मन्जु गुरुङ, कृपा अधिकारी, पनामिका राई, बालमिका आचार्य र लिब्रो सलिना श्रेष्ठ कोर्टमा उत्रिएका थिए ।
शिवमnda न्युडायमण्डले नेपाली टिमकी उपकप्तान पश्चिमान्चलकी कप्तान मन्जु गुरुङलाई आफनो टिमको सदस्य बनाएको थियो । बिहिबार देखी नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, शिवम न्यु डायमण्ड, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गरिरहेको छन ।
प्रतियोगिता फागुनको ७ गते सम्म चल्नेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ । प्रतियोगिताको पहिलो पुरस्कार शुसिल कोइराला स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ ।Manju, Kripa and pratibha

प्रतियोगिताको समुह ए मा एपिएफ, बंगलादेश टिम र आयोजक रहेको छ । अर्को समुहमा नेपाल पुलिस क्लब, शिवम न्यु डायमण्ड र भारत देहरादुनको स्पोर्टस ट्रेनिज रहेको छन ।
प्रतियोगिताको उद्घाटन मिस नेपाल निकिता चाण्डक, प्रतिनिधी सभा सदस्य नन्दलाल रोकाय, क्षेत्रीय खेलकुद विकास समिती अध्यक्ष भीम ओली, आयोजक बाँके जिल्ला भलिबल संघ अध्यक्ष टीएस ठकुरी, नेपाल ओलम्पिक कमिटी कोषाध्यक्ष रतन टण्डन लगायतले गरेका थिए ।
क्याप्सनः शिवम न्यु डायमण्ड(सेतो) र नेपाल पुलिस क्लब खेलाडी प्रतिस्पर्धा गर्दै ।