NTC Ad

शिवम् न्यु डायमन्ड, थ्री स्टार र ग्लासियर क्वाटरफाईनलमा

Wednesday, November 1st, 2017

काठमाडौं, कात्तिक १५ गते–
थ्री स्टार एकेडेमी र  ग्यासियर कलेज प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ बुधवार क्वाटर फाईनलमा प्रवेश गरेका छन् । बुढानिलकण्ठको थ्री स्टारले प्रि–क्वाटरफाईनल खेलमा झापा बिद्यालय भलिबल कमिसनलाई २–० को सोझो सेटमा हरायो ।

थ्री स्टारले झापालाई सुरु देखिनै दवाबमा राख्दै २५–२१ र २५–१४ को सोझो सेटमा हरायो । त्यस्तै कोटेश्वरको ग्लासियर कलेजले धादिङको एड्भान्स एकेडेमीलाई २५–१० र ३१–२९ को सोझो सेटमा हराउदै क्वाटर फाईनलको यात्रा सुनिश्चित गर्यो ।

निजी तथा आवसिय बिद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजनमा सञ्चालन भएको पुरुषतर्फकै खेलबाट सफलता निकाल्दै नुवाकोटको बुङताङ भलिबल टिम र सेक्रेडहार्ट पनि क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

v2

बुङताङले धनुषाको बिनायक स्कुललाई २५–९ र २५–१५ को सोझो सेटमा हराउदा सेक्रेडहार्टले मोरङ बिद्यालय भलिबल कमिसनलाई २५–१५ र २५–१६ ले स्तब्ध बनायो । अब क्वाटर फाईनल खेलमा सेक्रेडहार्टले थ्रि स्टारको सामना गर्ने छ भने  बुङताङले ग्लासियरमाथी चुनौती प्रस्तुत गर्ने छ ।
नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको महिलातर्फको खेलमा सफलता हात पादै नैकापको शिवम् न्यु डायमण्ड एकेडेमी र चितवनको मेर्धाली स्पोर्टस् एण्ड एजुकेशन क्लबले क्वाटर फाईनलमा भेट पक्का गरेका छन् । शिवम् न्युडायमण्डले प्रिक्वाटरफाईनल खेलमा थ्री स्टार एकेडेमीलाई २–० को सोझो सेटमा हरायो ।

शिवम् न्यु डायमण्डले थ्री स्टार माथी २५–४ र २५–८ को सहज जित निकालेको थियो । त्यस्तै मेधौली स्पोर्टस्ले वाक ओभर पाए पछि क्वाटर फाईनलमा प्रवेश पाएको थियो । महिलातर्फकै अर्को प्रि–क्वाटर फाईनल खेलमा प्यारामाउण्टले परोपकार आदर्श माबिलाई ३–१ को सेटमा हरायो ।

पहिलो सेट १७–२५ ले गुमाएको प्यारामाउण्टले दोश्रो र तेश्रो सेट क्रमशः २५–१७ र २६–२४ ले आफ्नो पक्षमा परेको थियो । प्यारामाउण्टले क्वाटर फाईनलमा भक्तपुरको स्प्रिङडेलसग प्रतिस्पर्धा गर्ने छ । नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले नगद १ लाख प्राप्त गर्ने छ । यस्तै उपविजेताले ६० हजार, तेस्रोले ३५ हजार तथा उत्कृष्ट विधाका विजेताले नगद ५ हजार सहित उत्कृष्ट अवार्ड हात पार्नेछन् । कात्र्तिक १९ गते सम्म सञ्चालन हुनेछ ।