NTC Ad

शिवम् न्युडायमण्ड र एभरेष्ट सेमिफाईनलमा

Friday, November 3rd, 2017

काठमाडौं, कात्तिक १७ गते–
शिवम् न्युडायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छन् । शुक्रवार भएको क्वाटर फाईनल खेलमा नैकापको शिवम् न्युडायमण्डले चितवनको मेधैली स्पोर्टस् एण्ड एजुकेशन क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

राष्ट्रिय खेलाडीद्धय चर्चित स्पाईकर प्रतिभा माली र सेटर कृपा अधिकारी मुख्य खेलाडी रहेको शिवम् न्यु डायमण्डले मेधैली स्पोर्टस्माथी २५–११,२५–१६ र २५–८ को सहज जित निकालेको हो ।

नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा संचालन भएको महिलातर्फको खेलमा सफलता हात पादै प्यारामाउण्ट,ढोरपाटन र एभरेष्ट स्कुल सेमिफाईनलमा प्रवेश गरेका छन् । क्वाटर फाईनल खेलमा काठमाण्डौको प्यारामाउण्ट स्कुलले भक्तपुरको स्प्रिङडेल स्कुललाई २५–२१,२५–१९ र २५–१४ को सोझो सेटमा हराउदै शिवम् न्युडायमण्डसग सेमिफाईनलमा भेट पक्का गरेको हो ।

नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस् क्लबले पोखराको टप्स  माबिमाथी २५–१५,२७–२५ र २७–२५ को कठिन जित निकाल्यो । त्यस्तै रुपन्देहीको एभरेष्ट स्कुलले दाङको श्रीगाउँ खेलकुद बिकास समितिलाई २५–२२,२५–१३ र २५–२० को सोझो सेटमा हरायो । महिलाको दोश्रो सेमिफाईनलमा ढोरपाटन र एभरेष्ट खेल्ने छन् ।
निजी तथा आवसिय बिद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजनमा सञ्चालन भएको पुरुषतर्फको क्वाटर फाईनल खेलमा सफलता हात पादै कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी र काठमाण्डौंको सेक्रेटहार्ट स्कुल सेमिफाईनलमा प्रवेश गरेका छन् । काठमाण्डौको सेक्रेटहार्ट स्कुलले बुढानिलाकण्ठको थ्री स्टार एकेडेमीलाई २५–१८,२५–२३ र २५–२३ को सोझो सेटमा हरायो ।

त्यस्तै लिटिलबुद्ध एकेडेमीले भत्तपुरको स्प्रिङडेल एकेडेमीलाई २५–२१,२५–२३ र २५–१७ को सोझो सेटमा हरायो । पुरुषतर्फ न्युटन र ढोरपाटनबीचको तेश्रो क्वाटर फाईनल खेल लाईट प्रोटेष्टका कारण स्थकित भएको छ ।

पुरुषतर्फको सेमिफाईनलमा सेक्रेटहार्टले नुवाकोटको बुङताङ सग खेल्ने छ भने लिटिलबुद्धले न्युटन र ढोरपाटन बीचको बिजेता सग खेल्नेछ ।
नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले नगद १ लाख प्राप्त गर्ने छ । यस्तै उपविजेताले ६० हजार, तेस्रोले ३५ हजार तथा उत्कृष्ट विधाका विजेताले नगद ५ हजार सहित उत्कृष्ट अवार्ड हात पार्नेछन् । कात्र्तिक १९ गते सम्म सञ्चालन हुनेछ ।