Everest Bank Ad

शिरिष र ऋतिकाले जिते तीन स्वर्ण

Wednesday, June 8th, 2016

काठमाडौं, जेठ २६
१३औं ग्यालेक्सी कप अन्तरस्कुल उमेर समूह तथा खुला पौडी प्रतियोगितामा शिरिष गुरुङ र ऋतिका सिंहले बुधबार सर्वाधिक तीन स्वर्ण जित्न सफल भएको छन ।

सातदोबाटोमा शिरीषले २ सय मिटर खुला ब्यक्तिगत मिडले, १ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जिते ।
पोखरीमा शिरिषले २ सय मिटर मिडले २ मिनेट ३७.०९ सेकेन्ड लगाए । अनुभव सुब्बाले २ मिनेट ३९.५४ सेकेन्डमा पुरा गदै रजत र किरण कार्कीले २ मिनेट ४६.७२ सेकेन्ड सहित कास्य पदक हात पारे ।

१ सय मिटर फ्रिस्टायल शिरिषले ५८.६९ सेकेन्डमा पुरा गरे । १ सय मिटर फ्रिस्टायलमा पनि शिरिषको नाममा ५८.२२ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । उक्त इभेन्टमा अनुभव दोस्रो र मनिष चित्रकार तेस्रो भए । अनुभवले १ मिनेट ०३.९१ सेकेन्ड र मनिषले १ मिनेट ०४. ९६ सेकेन्ड खर्चे ।
शिरिषले २ सय मिटर ब्याकस्ट्रो २ मिनेट ३४. १७ सेकेन्ड पुरा गरेका थिए । अनुभवले २ मिनेट ४६. ८४ सेकेन्ड सहित दोस्रो र रुपेश चित्रकारले २ मिनेट ५३. ८२ सेकेन्ड सहित तेस्रो स्थान हासिल गरे ।
ऋतिकाले गल्र्स खुला १ सय मिटर फ्रिस्टायल, ५० मिटर ब्याक स्ट्रोक र यु–१७ गल्र्स ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण हात पारेकी हुन् । बुधबार ऋतिकाले गल्र्स २ सय मिटर खुला फ्रिस्टायलमा स्वर्ण जितेकी थिइन । १ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दा ऋतिकाले १ मिनेट १०.७९ सेकेन्ड, रजत जितेकी टिसा शाक्यले १ मिनेट १४.९१ सेकेन्ड र ओसिना  भारतीले १ मिनेट १५.७० सेकेन्ड लगाएकी थिइन ।
यसैगरी ऋतिकाले ५० मिटर ब्यास्ट्रोक पुरा गर्न ३९. ०३ सेकेन्ड लगाएकी थिइन ।

ओसिना दोस्रो र निहारिका तुलाधरले तेस्रो स्थान प्राप्त गरिन् । ओसिनाले ४०.१२ सेकेन्ड र निहारिकाले ४१.२२ सेकेन्ड लगाइन । उमेर समुह अन्तर्गत यु–१७ को ५० मिटर ब्याक स्ट्रोक जित्दा ऋतिकाले ३९.५० सेकेन्ड लगाइन । ओसिना दोस्रो र निहारिकाले तेस्रो स्थान प्राप्त गरिन् ।