Everest Bank Ad

शरद फर्किए , सुभाष अटाएनन्

Wednesday, September 19th, 2018

रंगशाला

काठमाडौं,  असोज २

अनुभवी शरद भेषावकरलाई टिममा फिर्ता बोलाउंदै तथा युवा खेलाडी रोहित पौडेल सुभाष खकुरेललाई टिममा समावेश नगरिकन नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

sompal

मलेशियामा अक्टुबर देखी हुने आइसीसी विश्व  टी २० एसिया क्वालिफायरमा सहभागिता जनाउने १८ सदस्यिय प्रारम्भिक टोलीको मंगलवार घोषणा गरिएको हो। नेपाल प्रतियोगिताको समुह ‘बी’ मा छ।

एकदिवसिय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न गत महिना नेदरल्याण्डस् गएका बेला औंलामा चोट निको भएपछि उनी टिममा फर्केका हुन्। चोटका कारण उनले एसिया कप क्वालिफायर गुमाउन पुगेका थिए।

रोहित टिममा समावेश नहुनुमा भने उनको खराव फर्म होइन। यु १९ टोलीका मुख्य खेलाडी पौडेललाई आउँदो एसिसी यु-१९ एसिया कपको तयारीमा लाग्नु परेकाले टिममा नराखिएको टिम छनोटकर्ताहरुले बताएका छन्। २ वर्षपछि टिममा फर्केका खकुरेलले भने अन्तिम १८ मा स्थान बनाउन सकेनन्।

अन्तिम १४ खेलाडीको चयन अर्को हप्ताबाट बन्द प्रशिक्षण शुरु गरेपछि हुने बताइएको छ।

खेलाडीहरुको छनोट आइसिसी प्रतिनिधि अमिनुल ईस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले गरेका हुन्।

प्रारम्भिक टिममा एसिया कप क्वालिफाइर्स खेलेका

टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सागर पुन, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन । प्रदीप ऐरी, साहब आलम, दिपेश श्रेष्ठ र सुनिल धमलाले टोलीमा स्थान बनाएका छन्।

वान डे राष्ट्रको मान्यता पाएको टोलीले खेल्न लागेको यो नेपालको सहज प्रतियोगिता मानिएको छ।

खेल तालिका

म्यान्मारसँग ३ अक्टुबरमा

मलेसियासंग ६ अक्टुबर

थाइल्यान्डसंग अक्टुबर ९

सिंगापुरसंग १२ तारिख