Everest Bank Ad

लिगको नयाँ मिति सार्वजनिक, पहिलो खेलमा च्यासलले मच्छिन्द्रको सामना गर्ने

Sunday, October 7th, 2018

रंगशाला
काठमाडौं,असोज २०

अखिल नेपाल फुटबल संघ(एन्फा) पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको छ।

बंगलादेशमा जारी बंगबन्धु गोल्डकपका लागि एन्फाले लिग स्थगित गरेको थियो तर राष्ट्रिय फुटबल टोलि यस प्रतियोगिताको समूह चरण बाटै बाहिरिएपछि लिग पून बुधवारदेखि शुरु हुने भएको हो।

नयाँ तालिका अनुसार बुधवार च्यासल युथ क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने अशोज २५ गते भने दुई खेलहरु हुने छन्। करिब पाँच वर्ष पछि सुरु भएको लिग दुई खेल खेलाइएर स्थगित भएको थियो।