NTC Ad

रुस्लान डिपिएलको मुख्य प्रायोजक

Sunday, October 8th, 2017

काठमाडौं, असोज २२ गते
धनगढी प्रिमियर लिग ट्वान्टी–२० क्रिकेटलाई विजय डिस्टिलरीको रुस्लान क्रिकेटले मुख्य प्रायोजन गर्ने भएको छ । माघ ५ देखी हुने प्रतियोगिता अब धनगढी प्रिमियर लिग ट्वान्टी—२० क्रिकेट(डिपिएल) प्रतियोगिताको नामबाट हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रायोजन बापत रुस्लानले आयोजकलाई ३५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले राष्ट्रिय रुपमै धनगढी प्रिमियर लिग टी—२० क्रिकेट गत वर्ष आयोजना गरेको थियो, जसमा ६ सहरका ६ फ्रेन्चाइज टिमले अक्सनको आधारमा खेलाडी अनुबन्ध गर्दै प्रतिस्पर्धा गरेका थिए । गत वर्ष डिपिएललाई घोराही सिमेन्ट इन्डष्ट्रिजको उत्पादन सगरमाथा सिमेन्ट मुख्य प्रायोजक गरेको थियो ।

22343741_1670685019661747_1567367019_o
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) आउदो माघ ५ देखी धनगढीमा सञ्चालन हुनेछ । यस अघिको देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा गत वर्ष डीपीएल आयोजना गरिएको थियो, जुन देशमै पहिलोपल्ट अक्सनबाट खेलाडी लिएर टिम तयार पारिएको थियो ।

त्यसयता यस मोडल नेपालमा लोकप्रिय बनेको छ । सिटी बेस कन्सेप्टमा आयोजना गरिएको डीपीएल दुई वर्षअघिसम्म सञ्चालन गरिएको एसपीए कप र धनगढी क्रिकेट लिग (डीसीएल) ’को मर्जर पनि थियो ।
एसपीए कपको सुरुवात सन् २०१० (४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार) मा गरिएको थियो, सन २०११ (१३ लाख बजेट, प्रथम पुरस्कार १ लाख) मा, सन २०१३ (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) र सन २०१५ मा चौथो संस्करण सकिदा यसको बजेट ६० लाख थियो भने विजेता टोलीले ५ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैया“ पाएका थिए । त्यस्तै क्षेत्रीय स्तरमा पहिलो पटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर अक्सनद्धारा डीसीएल २०१५ मा सञ्चालन गरिएको थियो । त्यसलाई बृहत् रुप दिदै गत वर्षबाट डीपीएल सुरु गरिएको हो ।

यसको बजेट १ करोड ८२ लाख थियो र पुरस्कार २८ लाख ५० रुपैया“ दिइएको थियो । रुस्लान डीपीएल २ अक्सनमा आधारित हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनुपर्नेछ । नाम दर्ता भएका खेलाडीहरुलाई अक्सनमा समावेश गरिनेछ । रुस्लान डीपीएल २ खेल्ने टिमहरुको घोषणा र अक्सन मंसिरमा गरिनेछ ।
डीपीएल १ मा ६ सहरका ६ टिमले प्रतिस्प्र्धा गरेका थिए । यसपाली बढीमा दुई टिम थपेर रुस्लान डीपीएलमा बढीमा आठ टिमसम्मले भाग लिन सक्ने आयोजकले बताएको छ ।

2
डीपीएल १ मा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स सहभागी थिए । फाइनलमा विराटनगरलाई हराएर धनगढी च्याम्पियन भएको थियो ।
रुस्लान डीपीएल २ को विजेतालाई रु २५ लाख तथा उपविजेताले रु १० लाख तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख पाउनेछ । गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ । उत्कृष्ट ब्याटस्म्यान र बलरको पुरस्कार पनि दिइनेछ ।
प्रतियोगिताको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिनेछ । ३ करोड अनुमानित बजेट रहेको प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले अरु टिमसग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसको पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसगको विजेतासग फाइनल प्रवेशको लागि खेल्नेछ ।

3
प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर लिग चरणमा रु.५०, प्ले—अफमा रु.७० र फाइनलमा रु. १०० हुने आयोजकले बतायो । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइनेछ । सहभागी टिमलाई ४० प्रतिशत रकम बाडिनेछ । प्रतियोगिताको खेलहरु अञ्चल प्रहरी मैदान र वैकल्पिक रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गर्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बहादुर शाहीले बताए ।