NTC Ad

रुबिनाको कप्तानीमा विश्व कप छनोट क्रिकेट खेल्ने टोली घोषणा

Thursday, November 2nd, 2017

काठमाडौं, कात्तिक १६ गते – रुबिना क्षेत्रीको नेतृत्वमा ट्वान्टी–२० महिला विश्व कप क्रिकेट एसिया छनोट प्रतियोगिताको लागी नेपाली टोली छनोट गरिएको छ । बिहिबार १४ खेलाडी छनोट गरिएको हो ।

छनोट प्रतियोगिता थाइल्यान्डमा नोभेम्बर २० देखी २७ सम्म हुनेछ । नेपाल क्रिकेट संघ(क्यान)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले निलम्बन गरेका कारण आइसीसी प्रतिनिधीको नेतृत्वमा खेलाडी छनोट गरिदै आएको छ ।

आइसीसी प्रतिनिधी अमिनुल इस्लाम, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसग जंग थापा र महिला टोलीकी कप्तान रुबिना सहितको टोलीले विश्व कप क्रिकेटका लागी हुने छनोट प्रतियोगिताका लागी खेलाडी छानेको हो । थाइल्यान्डमा हुने छनोट प्रतियोगिताको विजेता टोलीले आगामी वर्ष वेस्ट इन्डिजमा हुने महिला ट्वान्टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ ।
छनोट प्रतियोगितामा नेपालले आयोजक थाइल्यान्डसँगै हङकङ, युएई र चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला टोली
रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, (उपकप्तान)
ज्योती पाण्डे, सीता थापा, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, सबनम राई, काजोल श्रेष्ठ र संगीता राई ।
बैकल्पिक खेलाडीः कबिता कुवर, नितु भण्डारी, रेखा रावल ।