Everest Bank Ad

रारा गोल्ड कपमा दुई विदेशी टिम

Tuesday, January 9th, 2018

भाग्यशालि दर्शकलाई स्कुटर र टेलिभिजन उपहार
दीननाथ बराल
पोखरा, पुष २५
मोफसलको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करणमा दुई विदेशी सहित १२ टिम सहभागि हुने भएका छन।
सहारा क्लवको आयोजनामा माघ ९ गतेबाट पोखरामा सुरु हुने उक्त प्रतियोगितामा भारत र बंगलादेशका गरी दुई विदेशी सहित १२ टिम सहभागि हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । SUR_2168
प्रतियोगितामा भारतको युनाईटेड सिक्किम फुटवल क्लव, बंगलादेशको उत्तर बरिन्धरा क्लव, मनाङ मस्र्याङदी क्लव, संकटा क्लव, रमपम झापा एघार फुटवल क्लव, धरान फुटवल क्लव, सुदुर पश्चिमाञ्चल एघार स्पोर्टिङ क्लव, थ्रि–स्टार क्लव, आयोजक सहारा र तिन वटा विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी वलको एपिएफ क्लव सहभागि हुने भएको क्लवले जनाएको छ।

क्लवले यस बर्ष पुरस्कार राषिमा समेत बृद्धि गरेको छ । प्रतियोगितमा विजेताले उपाधि सहित ७ लाख एक हजार, उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने भएका छन। गत बर्ष विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार प्राप्त गरेका थिए ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरणपोषर्णमा खर्च गर्दै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेकाछन।

यस बर्षको आहा रारा गोल्ड कप हेर्न भाग्य शालि एक जना दर्शकलाई सहारा हङकङबाट स्कुटर प्रदान गरिने भएको क्लवका अध्यक्ष थापाले बताए । उनका अनुसार गत बर्ष प्रदान गरीदै आएको भाग्य शालि दर्शक उपहार सुनको सिक्रिबाट बृद्धि गरी स्कुटर प्रदान गरिने भएको हो । अर्को एक जना भाग्य शालि दर्शकले एक थान एल.जी.टि.भी. प्राप्त गर्ने भएको छ ।

पोखरा रंङ्गशालाको खेल मैदानमा माघ २० गते सम्म संचालन हुने उक्त प्रतियोगिताबाट एक करोड २१ लाख ८२ हजार आम्दानी गरी ९० लाख ५ हजार ५ सय खर्च गरी बचत भएको रकम सहारा एकेडेमीको भरणपोषणमा खर्चिने भएको क्लवका महासचिव विश्वराज वरालले बताए ।
पोखरा रंगशालाको फुटवल मैदान अन्तराष्ट्रिय स्तरको निमार्णको लागि हाल ग्लोवल टेण्डर आव्हान भई, पुरानो प्यारापिट भत्काउने कार्य भई रहेकोले क्लवले यस पाली कृतीम प्यारापिट(स्काई फोल्डिङ) निमार्ण गर्ने भएको छ ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ भने सहारा क्लव अष्ट्रेलिया दोश्रो पुरस्कार प्रायोजकको रुपमा रहेको छ । प्रतियोगितामा विभिन्न पाँच विधामा उत्कृष्ट हुने पुरस्कार प्रायोजकमा पृथ्बीराजमार्ग बस संचालक समिति रहेको छ । क्लवका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ लगायतले वोलेका थिए ।