Everest Bank Ad

रबिलाई सूर्य नेपाल च्यालेन्ज टफ्री

Saturday, March 26th, 2016

काठमाडौं, फागुन १

रवि खड्का सूर्य नेपाल च्यालेन्ज गल्फ भएका छन् । रबिले शुक्रबार नेपाल गल्फ कोर्समा रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) का दीपक थापामगरलाई दुई स्ट्रोकले उछिन्दै सूर्य नेपाल गल्फ टुर २०१४÷१५ अन्तर्गतको पाँचौं उपाधि जिते ।

दीपकले अन्तिम दिन एक अन्डर ६६ को प्रदर्शन गरे । गोकर्ण गल्फ क्लबका भुवन नगरकोटीले तेस्रो भए । भुवनले अन्तिम राउन्डमा ३ ओभर ७० को प्रदर्शन गरे । भुवनले समग्रमा १ ओभर २ सय ६९ को प्रदर्शन गरेका थिए । शुक्रबार च्याम्पियन भएका रविले ६७ हजार रुपैयाँ, दोस्रो भएका दीपकले ४२ र तेस्रो भुवनले ३० हजार प्राप्त गरे ।

३० व्यवसायिक र ११ एमेच्योर गरि ४१ खेलाडीको सहभागिता रहेको प्रतियोगिता सूर्य नेपाल प्रालीको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) ले आयोजना गरेको हो । ३ लाख ६५ हजार नगद रहेको प्रतियोगितामा शीर्ष २१ स्थानमा आउने खेलाडीले पुरस्कार जिते ।

विजयी खेलाडीलाई शुक्रबार सूर्य नेपालका मार्केटिङ मेनेजर बालकृष्ण गुरुङ, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका महासचिव टासी घले र आरएनजिसीका कप्तान एनके राई लगायतले पुुस्कृत गरेका थिए ।