Everest Bank Ad

यु-१९ फुटबल टोली एएफसी च्याम्पिनयसिपको दोस्रो चरणमा

Sunday, October 28th, 2018

nep vs pakistan
रंगशाला
काठमाडौं, कार्तिक ११ गते
एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि ९ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।
आजै भएको अर्को खेलमा भारतले थाइल्याण्डलाई १ – ० ले पराजित भएपछि थाइल्याण्ड, नेपाल र भारतको समान ६ अंक बनेको थियो। तर हेड टु हेडको आधारमा थाइल्याण्ड विजेता र नेपाल उपविजेता बन्दै दोस्रो चरणमा पुग्यो। नेपालले यसअघि भारतलाई २ – ० ले पराजित गरेको थियो।
थाइल्यान्डको चोनबुरी रंगशालामा भएको सो खेलको पहिलो हाफमा मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा मन्जलीले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरिन् । खेलको ३१ औं मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । अलिसा जिम्बाले ३७ औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म नेपाललाई ३–० को अग्रता दिलाइन् ।
यस्तै खेलको ४८ औं मिनेटमा सम्झना लावतीको क्रसमा पुजा रानाले हेडरमार्फत चौथो गोल गरिन्। त्यसको केहि मिनेटमै पुजाले पाँचौ अर्को गोल थपिन् । खेलको ५७ औं मिनेटमा निशा थोकरले नेपालको गोलसंख्या आधा दर्जन पु¥याइन् । यसैगरी ७४ औं मिनेटमा निशाले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ७–० को अग्रता दिलाइन् । निशाले नै ८५ औं मिनेटमा ब्यक्तिगत गोल गर्दै नेपालको लागि आठौ गोल गरिन् । यस्तै कप्तान सरु लिम्बूले ८९ औं मिनेटमा गोल गर्दै नेपालको जित ९–० ले सुनिश्चित गरिन् ।