NTC Ad

यु -१८ भलिबललाई प्याब्सनको प्रायोजन

Saturday, September 23rd, 2017

काठमाडौं, असोज ७ गते –
कात्तिकमा हुन लागेको यु–१८ पुरुष तथा महिला भलिबल प्रतियोगितालाई प्याब्सनले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता नेपाल विद्यालय भलिबल कमिसनले कात्तिकमा गर्दैछ ।

कमिसनले कात्तिक १२ देखी १८ सम्म गर्ने प्रतियोगिताको नाम अब प्रथम प्याब्सन यु–१८ महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने शनिबार घोषणा गरियो ।
प्याब्सन अध्यक्ष विजय साम्बा हाम्फे, नेपाल विद्यालय भलिबल कमिसन अध्यक्ष राम केसी र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्याब्सनले प्रतियोगिताको लागी ५ लाख प्रायोजन गरेको छ ।
कमिसनले गर्न लागेको यु १८ प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । यसअघि संघले राष्ट्रिय स्तरको जुनियर भलिबल प्रतियोगिता गर्न सकेको थिएन ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले भलिबलको विकासमा जुनियर च्याम्पियनसिपले महत्वपुर्ण सहयोग गर्ने बताए ।
प्याब्सन अध्यक्ष विजय साम्बा हाम्फेले विद्यालय स्तरको भलिबल विकासमा प्याब्सन सधै सकारात्मक रुपमा सहकार्य गर्न तयार रहेको बताए ।
काठमाडौंमा हुने प्रतियोगिताको व्यवस्थापन नेपाल विद्यालय भलिबल कमिसन जिल्ला कार्यसमिती काठमाडौंले गर्नेछ ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले प्याब्सन जस्तो प्रतिष्ठित संगठनले भलिबलसँग सहकार्य गर्नु सुखद कुरा भएको बताए ।
कमिसनका अध्यक्ष राम केसीले अब योजनाबद्ध रुपमा विद्यालय स्तरको प्रतियोगितालाई केन्द्रित गरेर अगाडी बढने बताए ।