Everest Bank Ad

यु १५ मा नेपाल समुह उपविजेता

Monday, October 29th, 2018

IMG_3654 (1)रंगशाला
काठमाडौ, कार्तिक १२
प्रतिद्धन्दी बंगलादेशसंग २–१ ले पराजित भएपछि नेपाली युवा टोली साफ यु–१५ को समुह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवार भएको खेलमा १० खेलाडीमा सीमित हुनाका बावजुद बंगलादेशले नेपाललाई हराउन सफल भयो। समुह ए को अन्तिम खेलको परिणामपछि बंगलादेशको ६ र नेपालको ३ अंक बनेको थियो।
अव नेपालले सेमिफाइनलमा पाकिस्तानको सामना गर्नेछ भने अर्को सेमिफाइनल भारत र बंगलादेश विच हुनेछ।
खेल शुरु हुनासाथै बंगलादेशले खेलमा अग्रता लिएको थियो। अहमद सकिलले टोलीका लागि गोल गरे। तर नेपालले पेनाल्टी गोल मार्फत खेलमा फर्किने प्रयास गर्यो।
३३ औं मिनेटमा बंगाली किपर मितुर मर्माले पेनाल्टी बक्समा फाउल गरेपछी उनले रेड कार्ड तथा नेपालले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेपालका जान लिम्बुले गोल गरे।
तर दोस्रो हाफमा १० खेलाडीमा सिमिति बंगलादेशमाथि नेपालले गोल गर्न भने सकेन । नेपाल र बंगलादेश यसअघि दुवै प्रतियोगिताको सेमिफाईलन प्रवेश गरिसकेका छन् ।
तर मोहम्मद राइओनले दोस्रो हाफमा प्रारम्भ हुना साथ गोल गरेपछि बंगलादेशको अग्रता बनेको थियो। जुन अन्तिम समयसम्म कायम रह्यो।