Everest Bank Ad

म्यानमार विरुद्ध नेपालको अपेक्षित जित

Friday, October 5th, 2018

1F7A3666 (1)मलेसिया
एजेन्सी, असोज १८
गतवर्ष मात्र एसोसियट राष्ट्रको मान्यता पाएको म्यानमारलाई अपेक्षित रुपमा १८ बलमा पराजित गरेको छ।
आइसीसी टी-२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनोट प्रतियोगिता अन्तर्गत नेपालले १८ बल खेल्दा २ विकेट भने गुमाएको थियो। तिनमा प्रदीप ऐरीले खाता खोल्न सकेनन् भने अनिल शाहले ११ रन जाडेर आउट भएका थिए।
मलेसियाको बायुमास ओभल मैदानमा पहिलो ब्याटिङ गर्ने म्यानमारको निर्णय सगै यी दुई असमान टोली विचको खेल चाँडै नै निर्णयमा पुगेको हो।
म्यानमारले १० ओभर खेलेर जम्मा २९ रन मात्र जोड्यो जसलाई नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‌यो। म्यानमारका कप्तान लिङ्ग युङ्गले सर्वाधिक १६ रन बनाउनु सिवाय बाँकी खेलाडीले दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालको लागि करण केसीले अविजित १४ रन तथा बिनोद भण्डारी अविजित १ रन बनाए।
बलिङ तर्फ सन्दिप लामिछानेले सर्वाधिक ४, ललित राजबंशीले ३ तथा ललित भण्डारी र करण केसीले समान १/१ विकेट लिएका थिए।