NTC Ad

मैत्रीपुर्ण खेलमा नेपाल बलियो, शृंखलामा नेपाल २–० ले विजयी

Wednesday, August 30th, 2017

काठमाडौं, भदौ १४ गते–
नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण भलिबलमा रोमाञ्चक जित हात पारेको छ । बुधबार ललितपुरस्थित नेपाली सेनाको शारिरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा भएको खेलमा नेपालले बंगलादेशमाथि ३–२ को जित निकाल्यो । बुधवारको खेलमा नेपालको रिसिभ निकै खराब रह्यो ।

x2

बंगलादेशी खेलाडीको सहज सर्भिसमा पनि नेपाली खेलाडीले रिसिभ खराब गरे ।  नेपालले सेटमा अग्रता बनाउँदा नेगेटिभ पोइन्टबाट सेट पछि परे ।
समग्रमा नेपाली खेलाडीबीच तालमेलको निकै अभाव देखिएको थियो । नेपाली टोलीले स्पाइककै भरमा पाँचौँ सेटमार्फत जित निकाल्यो । पहिलो मैत्रीपूर्णमा जित निकालिसकेको नेपाली टोलीले सहजै खेल आफ्ना पक्षमा पार्ने आंकलन गरिएपनि घरेलु टोलीले निरासलाग्दो प्रदर्शन गरे । यद्यपि,नेपालले खेलमा भने वाजी मायो ।

निकै खराब रिसिभ गरेपछि पहिलो सेट नेपालले २५–१९ ले गुमायो । दोस्रो सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्दै सेटमा १–१ को बराबरी ग¥यो ।
तर, बंगलादेशले तेस्रो सेट २५–२० ले सहजै आफ्नो पक्षमा पारेपछि सेटमा २–१ अग्रता बनायो । निकै प्रतिस्पर्धात्मक भएको चौथो सेट २५–२२ ले नेपालले आफ्नो बनाएपछि सेटमा २–२ को बराबरी भयो ।
निर्णायक तथा पाचौँ सेट १५–८ ले नेपालले सहजै आफ्नो पक्षमा पारेपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकाल्यो । नेपालका लागि कुलबहादुर थापाले पुनः उत्कृष्ट प्रदर्शन गरे ।

x6

उनले कुल २८ अंकको महत्वपूर्ण योगदान दिएका थिए । कुलबहादुर असफल हुदा  ८ अंक बिपक्षले प्राप्त गरेको थियो । नेपालका अन्य स्पाईकरले दोहोरो अंक छुन सकेनन् । सेटरको रुपबाट कप्तान इम रानाले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।  । नेपालका लागि निकै आशा गरिएको स्पाइकर मानबहादुर श्रेष्ठको प्रदर्शन खराब रह्यो ।

पाचौँ सेटमा बंगलादेशी खेलाडीले नेपाली रेफ्री चन्द्रा बन्दना राईको निणयमा पटकपटक असन्तुस्टी जनाए । खेलपश्चात बंगलादेशका प्रशिक्षक अलि पौउर एरोजीले प्रतिक्रिया समेत दिन मानेनन् । नेपालका प्रशिक्षक जगदिश भट्टले नेपाली खेलाडीले आशा गरे अनुरुप प्रदर्शन गर्न नसकेको बताए ।

उनले भने‘ पहिलो सेटमा हाम्रा खेलाडीको रिसिभ निकै खराब रह्यो । त्यसैले पहिलो सेट गुमाएपछि थप दबाब परे । त्यसमा बंगलादेशी खेलाडीले पनि हिजो भन्दा निकै राम्रो प्रदर्शन गरे । यद्यपि,हामी समालियौँ । त्यसैले जित आत्मसात गयौँ ।’

नेदरल्यान्ड्स प्रशिक्षकबाट एक महिने प्रशिक्षण लिएको नेपाली टोलीले यसअघि डेनमार्कको घरेलु क्लबसँगको मैत्रीपूर्ण खेलमा समेत जित निकालेको थियो । नेपाली पुरुष भलिबल टोलीको स्तरबृद्धि र नियमित तयारीका लागि नेपाल भलिबल संघको आग्रहमा बंगलादेशको टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो ।

x5
भलिबल खेलाडी सम्मानित
माल्दिप्सको मालेमा चैत्र ९ देखि १७ सम्म संचालन भएको एभिसी एशियन सेन्टर जोन तेश्रो सिनियर भलिबल प्रतियोगितामा तेश्रो स्थान हाँसिल गर्ने नेपाली पुरुष भलिबल खेलाडी बुधवार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी,सचिव महेश दाहाल,नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायतले खेलाडीलाई पुरस्कृत गरे । खेलाडी, प्रशिक्षक र ब्यावस्थापक गरि १५ जनाले जनहि एक–एक लाखले नगद प्राप्त गरे ।