NTC Ad

मेसी आगामी चार वर्ष बार्सिलोनामा बस्ने पक्का

Sunday, November 26th, 2017

एजेन्सी, मंसिर १० गते–
अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसी आगामी चार वर्ष बार्सिलोनामै बस्ने पक्का भएको छ । उनको बारेमा चलिरहेको विभिन्न चर्चालाई पन्छाउँदै मेसीले बार्सिलोनासँग थप चार वर्ष सम्मको लागी सम्झौता बढाएका छन ।
बार्सिलोनाले क्लब र मेसीबीच सन् २०२१ सम्म क्याम्प नोउमै बस्ने नयाँ सम्झौता भएको घोषणा गरेको छ । मेसी र क्लबबीच गत जुलाईमै नयाँ सम्झौता भएको बताइए पनि शनिबार मात्र त्यसको औपचारिक पुष्टी भएको हो ।

कोपा डेल रे उपाधि जितेपछि लियोनेल मेसी आफनो श्रीमती र बच्चासँग रमाउँदै । तस्बिरः एजेन्सी ।

कोपा डेल रे उपाधि जितेपछि लियोनेल मेसी आफनो श्रीमती र बच्चासँग रमाउँदै । तस्बिरः एजेन्सी ।

बार्सिलोनाले यसअघि नै ३० वर्षे मेसीले क्लबसँगको सम्झौता लम्बाएको बताए पनि उनले सम्झौतामा हस्ताक्षर गरेका थिएनन् ।
‘एफसी बार्सिलोना र लियोनेल मेसीबीच शनिबार नयाँ सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

जस अनुसार अर्जेन्टिनी स्ट्राइकर सन् २०२०–२१ को सिजन सम्म क्लबमै बस्नेछन्,’ क्लबले जारी गरेको विज्ञप्त्तीमा उल्लेख गरिएको छ, ‘उनका लागि फुकुवा रकम ७० करोड युरो तोकिएको छ ।’
यसै सिजनको सुरुमा ब्राजिली स्ट्राइकर नेइमारलाई क्लबमा राख्न नसकेको भन्दै बार्सिलोनाका समर्थकले अध्यक्ष जोसेफ मासिया बार्टोमेयुको चर्को आलोचना गरेका थिए ।
नेइमार विश्व कीर्तिमानी २० करोड २२ लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)सँग अनुबन्ध भएका थिए ।