Everest Bank Ad

मिस नेपाल निकिता प्रधानमन्त्री कप महिला भलिबलको सदभावना दुत

Saturday, February 10th, 2018

नेपालगन्ज, माघ २७ गते
मिस नेपाल निकिता चन्दक प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सदभावना दुत बनेकी छिन । आयोजक बाँके जिल्ला भलिबल संघले प्रतियोगिताको पाँचौ संस्करणका लागी मिस नेपाल वल्र्ड निकितालाई सदभावना दुतको रुपमा छनोट गरेको बताएको छ ।maxresdefault

यस अघि प्रधानमन्त्री महिला भलिबलमा अभिनेत्री रेखा थापा, क्रिकेटर महेश क्षेत्रीले सदभावना दुतको रुपमा काम गरिसकेका छन । प्रतियोगिताको महत्वलाई आम जनतामाझ पुयाउनको लागी सदभावना दुतले सहयोग गर्ने आयोजक बाँके जिल्ला भलिबल संघले बतायो ।

बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले मिस नेपाललाई प्रधानमन्त्री कप महिला भलिबलको सदभावना दुतको रुपमा सम्झौता गर्न पाउँदा खुसी लागेको छ ।
सम्झौता रकमको बारेमा भने गोग्य राखिएको आयोजकले बतायो । प्रतियोगिताको दौरान सदभावना दुत निकितालाई नेपालगन्जमा ल्याउने तयारी समेत भैरहेको अध्यक्ष ठकुरीले बताए ।