Everest Bank Ad

मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ दिइने

Monday, October 29th, 2018

baikunthaकाठमाडौं, कार्तिक १२
पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने घोषणा गरेको छ ।
विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २०७५ ’ प्रदान गर्ने निर्णय गरिएको हो ।
विगत ५५ वर्षदेखि निरन्तर दौडिँदै आएका चर्चित धावक मानन्धरको दौडप्रतिको लगावको उच्च सम्मान गर्दै ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई ‘करियर स्रष्टा सम्मान ’ बाट सम्मानित गरेको थियो भने नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो ।
करियरले स्रष्टाको साथै खेलाडीलाई पनि सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै भविष्यमा विशिष्ट कलाकारहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल हेम राईले बताउनुभयो । विद्यालयले यसै महिनाको अन्त्यतामा एक विशेष समारोहका विच धावक मानन्धरलाई सो सम्मान दिने तय गरेको छ ।