Everest Bank Ad

महिलामा पनि मोर्डन इन्डियन च्याम्पियन

Friday, November 17th, 2017

काठमाडौं, मंसिर १ गते–
चौभारमा भैरहेको मोर्डन इन्डियन स्कुल अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजक मोर्डन इन्डियन स्कुलको महिला टोलीले महिला टेबिल टेनिसको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा खेलमा आयोजक मोर्डन इन्डियन स्कुलले त्रियोग स्कुललाई ३–२ को सेटमा पराजित गरेको थियो ।20171116_140435
यसैगरी प्रतियोगिता अन्तर्गत सिनियर पुरुषको फाइनलमा अनुभव केडियाले आशिष अग्रवाललाई सहजै ११–४, ११–८, ११–६ ले हराए । जुनियर पुरुषमा आयुश पौडेल च्याम्पियन भए ।

आयुशले सम्भिद सिहलाई ११–८, ७–११, ११–९, ११–८ ले पराजित गरे । सिनियर महिला तर्फ आकांक्षा कर्मचार्यले सिरु प्रधानलाई ११–६, ११–५, ११–८ ले हराउँदै च्याम्पियन भइन ।
प्रतियोगिताको फुटबलमा डिएभी र आइडल मोडलले आइतबार फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छन । शुक्रबार डिएभीले क्रियटिभ एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३–१ ले हरायो । अर्को सेमिफाइनलमा आइडलले त्रियोगलाई ७–१ ले पराजित ग¥यो । आइडलका लागी अनुज ब्यञ्जनकारले ह्याट्रिक गरेका थिए ।
यसैगरी प्रतियोगिताको पुरुष बास्केटबलको फाइनलमा  आयोजक मोर्डन इन्डियन र ह्वाइटहाउस फाइनलमा पुगेको छन । लिग चरणमा प्राप्त गरेको अंकको आधारमा मोर्डन र ह्वाइटहाउसले फाइनलमा स्थान बनाएका हुन । शुक्रबार  लिग खेलमा मोर्डनले सेन्ट जेभियर्सलाई २९–२० ले हरायो ।
मोर्डनका रौनक गुप्ताले १५ स्कोर गरे ।  ह्वाइटहाउसले केन्द्रिय विद्यालयलाई ३४–१९ ले र केएमसीले केन्द्रिय विद्यालयलाई १५–१३ ले पराजित गरेको आयोजक मोर्डन इन्डियन स्कुलका खेल शिक्षक नरेश रावलले बताए ।