NTC Ad

भुवन र धनको अग्रता

Wednesday, January 11th, 2017

रंगशाला

काठमाडौं, पुस २७ । गोकर्ण गल्फ क्लबका प्रो भुवन नगरकोटी र आर्मी गल्फ क्लबका धनबहादुर थापा सूर्य नेपाल गल्फ च्यालेन्जको शिर्ष स्थानमा छन् ।

पार ६८ को रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको पहिलो दिन मंगलबार भुवन र धनले समान तीन अन्डर ६५ खेल्दै शिर्ष स्थान बनाएका हुन् । भुवनले सुरुका नौ होलमा एक अन्डर ३३ खेलेका थिए । पछिल्लो नौ होलमा दुई अन्डर ३४ स्कोर बनाए । सुरुआती नौ होल दुई अन्डर ३२ स्कोर कार्ड बनाएका धनले पछिल्ला नौ होलमा एक अन्डर ३३ खेलेका थिए ।

यसैगरी जयराम श्रेष्ठ दुई अन्डर ६६ सहित तेस्रोमा छन् । रामकृष्ण श्रेष्ठ र सञ्जय लामा समान एक अन्डर ६७ खेल्दै संयुक्त चौथो स्थानमा छन् । नेपालको शिाषर्् बरियताका प्रो शिवराम श्रेष्ठ इभन पार ६८ को कार्ड बनाउँदै शीर्ष पाँचमा रहे ।

रामे मगर र प्रदीपकुमार लामाको समान ओभर ६९ स्कोर छ । दीपक थापामगर, चूडाबहादुर भण्डारी र पशुपति शर्माको समान दुई ओभर ७० स्कोर छ । उनीहरु शीर्ष दसमा छन् । एमेच्योर तर्फ ७१ स्कोरका साथ सन्तेष रोका शिर्ष स्थानमा छन् । एक स्ट्रोकले पछि रहेका मिथुन राई दोेस्रो तथा ७३ खेलेका शिव कुमार माझी तेस्रो स्थानमा छन् ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजनामा सञ्चालित प्रतियोगितामा बुधबार हुने १८ होलको समाप्तिसँगै २१ जना प्रो र ६ जना एमेच्योर खेलाडी थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गर्नेछन् । कूल चार लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिता सूर्य नेपाल प्रालिले प्रायोजन गरेको हो ।

चारदिने प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४६ हजार र तेस्रो हुने खेलाडीले ३१ हजार पाँचसय रुपैयाँ पुरस्कार हात पार्नेछन् । फाइनल चरणमा पुग्ने सबै प्रोले आकर्षक नगद हात पार्नेछन् । एमेच्योरतर्फका विजेतालाई आकर्षक ट्रफी प्रदान गरिने एसोसिएसनका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले जानकारी दिए ।