Everest Bank Ad

भलिबल नेपालको राष्ट्रिय खेल

Monday, May 22nd, 2017

काठमाडौं, जेठ ८ गते – भलिबलले नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको हो ।

खेलकुद मन्त्रालयले दिएको सुझावको आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको सरकारका प्रवक्ता एवम सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए ।

यसअघि नेपालको राष्ट्रिय खेलको रुपमा डन्डीबियोलाई चिनिने गरिएको थियो । नेपाल भलिबल संघले दशक देखी ७५ जिल्लामा संघ भएको र लोकप्रियताको आधारमा भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिनु पर्नेमा जोड दिदै आएको थियो । तर सोमबारमात्र भलिबलले नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाउन सफल भएको हो ।

नेपालमा लोकप्रिय खेलमा फुटबल, क्रिकेट र भलिबल पर्ने गर्छन । तर नेपालको भौगोलिक बनावटका कारण भलिबल ७५ वटै जिल्लामा लोकप्रिय भएको खेलमा पर्छ ।
र भलिबलले फुटबल, क्रिकेटलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भयो । समय सान्दिभ हुन नसकेको भन्दै तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको कार्यकालमा नेपालको राष्ट्रिय खेल कसलाई बनाउने भन्ने बारेमा छलफल सुरु भएको थियो । तिन वर्ष अघि युवा तथा खेलकुद मन्त्रालयले नेपालको राष्ट्रिय खेलकुद कसलाई बनाउने भन्ने बारेमा सार्वजनिक रुपमा राय सुझाव संकलन गरेको थियो ।

vvvvvvv

नेपाल भलिबल संघका निवर्तनमा अध्यक्ष दान बहादुर तामाङको कार्यकालमा भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिनु पर्ने भन्दै सुझाव तथा हस्ताक्षर संकलन समेत गरिएको थियो ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले सरकारको निर्णयले भलिबलको विकासमा थप उर्जा थपेको बताए ।  उनले भने, हामी खुसी छौं । भलिबल नेपालको लोकप्रिय खेल हो । तर त्यो मान्यता पाउन सकेको थिएन । सरकारले निर्णयलाई स्वागत गर्दै संघ भलिबललाई अझ देशब्यापी रुपमा थप लोकप्रिय बनाउन लाग्नेछ ।

नेपाल भलिबल संघको उपाध्यक्ष निरोज मास्केले सरकारको निर्णय स्वागत गर्दै भलिबलको लागी ऐतिहासिक निर्णय भएको बताइन । मास्केले सरकारको निर्णयले संघमाथी थप जिम्मेवारी थपिएको बताइन । उनले भनिन, ‘हामीमाथी खेललाई विकास गर्न थप जिम्मेवारी र चुनौति पनि हो । यसमा हामीले गर्व गर्दै भलिबल विकासका लागी दिर्घकालिन योजना बनाउनु पर्छ ।’

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छन । उनले सामाजिक संजालमा खेलेका छन, सबैलाई बधाई । यो भन्दा एउटा भलिबल प्रेमीको लागी अरु के हुन सक्छ खुसीको समाचार । सबैप्रति आभार प्रकट गर्न चाहन्छौं । नेपाल सरकारलाई धेरै धेरै धन्यावाद ।