Everest Bank Ad

भक्तपुरकी स्वेतालाई स्वर्ण

Wednesday, November 1st, 2017

काठमाडौं, कात्तिक १५ गते–

प्रथम मध्यामञ्चल स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भक्तपुरकी स्वेता राईले स्वर्ण जितिन् । मंगलबार भएको महिलातर्फको ५५ देखि ६० केजी तौल समूहको फाईनल स्पाइरिङमा स्वेताले उत्कृष्ट प्रदर्शन गदै काभ्रेकी कोपिला स्याङताङलाई पराजित गदै स्वर्ण जितेकी हुन् ।

महिलातर्फनै रोसिका मगर र कृतिका कुवँरले पनि स्वर्ण जितेका छन् । काभ्रेकी रोसिकाले २०–२५ केजीतौल समूहको स्पाईरिङमा माउण्टओलीभ स्कुलकी रेबिका चौधरीलाई हराउदै स्वर्ण जितिन् । महिलाकै २५–३० केजी तौल समूहको फाईनल स्पाईरिङमा भक्तपुरकी कृतिकाले काभ्रेकी रोशनी लामालाई पराजित गदै स्वर्ण जितिन् ।3v

महिलाको ३०–३५ केजीको फाईनल स्पाईरिङमा काभ्रेकी मोनिका तिम्लसिनाले भक्तपुरकी रन्जिता केसीलाई हराउदै स्वर्ण जितिन् । लुभुको नमुना इङलिस स्कुलमा भएको प्रतियोगिताको पुरुषतर्फको फाईनल खेलमा भक्तपुरका स्पन्दन पोखरेल र सागर कुवँरले पनि स्वर्ण जितेका छन् । पुरुष ४०–४५ केजी तौल समूहको फाईनल स्पाईरिङमा स्पन्दनले भक्तपुरकै सबिन लामालाई हराउदै स्वर्ण जितेका छन् । पुरुष ४५–५० केजी तौल समूहमा काठमाण्डौंका सागरले काभ्रेका किरण कुवँरलाई फाईनल खेलमा स्तब्ध पादै स्वर्ण जिते ।
दुई दिने प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिका लुभुका वाडा अध्यक्ष बिश्वराज श्रेष्ठ,आयोजक बिद्यालयका प्रिन्सिपल केके मल्लले सयुक्त रुपमा गरेका थिए । प्रतियोगिता जारी छ ।