NTC Ad

ब्याडमिन्टन खेलाडीको वरीयता सार्वजनिक, तामाङ दिदिभाई शिर्ष स्थानमा

Sunday, October 8th, 2017

नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । ३–३ महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार खेलाडीको वरीयता निर्धारण गरिएको ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए । शीर्ष आठमा पर्न सफलमा विभागीय टोलीका खेलाडीको बाहुल्य रहेको छ ।
पुरुषमा नेपाल आर्मीका रत्नजित तामाङ १७४०० अंकसाथ शीर्ष स्थानमा छन् भने महिलामा रत्नकै दिदी आर्मीकी नङशल तामाङ ११६४० अंकसहित पहिलो स्थानमा छिन् ।
पुरुषमा नेपाल प्रहरी क्लबका दीपेश धामी (१२६३५), भोजपुरका विकास श्रेष्ठ (१२०५०), नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार (११६४५), प्रहरीका विष्णु कटुवाल (१०५१५), एपीएफका सुदीप सेढाईं (९३२५), कैलालीका सन्जिव खड्का (८६५५) र प्रहरीका दीपक बोहरा (८२६५) क्रमशः दोश्रोदेखि आठौं स्थानमा छन् ।
त्यस्तै महिलामा आर्मीकात्रय अमिता गिरी (६६७०) दोश्रो, सरादेवी तामाङ (६१४०) तेश्रो र अनुमाया राई (४८०५) चौथो, एपीएफकी शिक्षा श्रेष्ठ (४६५०) पाँचौं, कास्कीकी पुनम गुरुङ (४१५०) छैटौं, एपीएफकी शोभा गौचन  (३७४५) सातौं तथा जेस्त ब्याडमिन्टन क्लबकी सुनैना मुखियाँ (३४५५) आठौं स्थानमा छन् ।
राष्ट्रिय प्रतियोगिता तथा ब्याडमिन्टन संघले मान्यता दिएको ‘क’ श्रेणीको प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीको वरीयता निर्धारण गरिएको सचिव शाहले जनाएका छन् ।