Everest Bank Ad

ब्याडमिन्टको उपाधि

Saturday, March 26th, 2016

काठमाडौं, फागुन २३
सिनियर राष्ट्रिय ब्याडमिन्टनमा रत्नजित तामाङको लामो बर्चस्व तोड्दै दिपेश धामीले चौथो अन्नपूर्ण कर्पोरेट ब्याडन्टिन प्रतियोगिताको उपाधि जितेका छन् ।

दिपेशले शनिबार भएको खुल्लातर्फ पुरुष एकलको फाइनलमा आफ्नै क्लब त्रिभुवन आर्मीका उनै रत्नजितलाई हराएका हुन् ।सिनियर ब्याडमिन्टनमा दिपेशले जितेको यो पहिलो उपाधि हो भने रत्नजित चार वर्षपछि पहिलो पटक सिनियर ब्याडमिन्टन प्रतियोगिता(छनोट प्रतियोगिताबाहेक)को उपाधि जित्न असफल भए ।दिपेशले रत्नजितविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेका हुन् । पहिलो सेट ४–२१ ले हारेको दिपेशले त्यसपछि लगातार दुई सेट २१–१४, २१–१९ ले जितेका थिए ।
केही पटक जुनियर राष्ट्रिय च्याम्पियन भएका १९ वर्षिय दिपेश सिनियरतर्फ यस अघि छैटौं राष्ट्रिय खेलकुदमा फाइनलसम्म पुगेपनि उपाधि जित्न सफल भएका थिएनन् । ‘ लामो समयदेखीको प्रतिक्षा पुरा भएको छ । आज दिन कहिल्यै विर्सने छैन’, दिपेशले भने । खेल जिते लगत्तै दिपेशले भावविह्वल खुसियाली मनाएका थिए । रत्नजित अन्तिम पटक चार वर्ष अघि सातौं कृष्णमोहन ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा पशुपती पनेरुसँग पराजित भएका थिए । ‘ बढी आत्मविश्वासी भएँ । खेल जितिहालिन्छ नि भन्ने भयो । आफ्नै लापरबाहीले खेल हारें’ साविक विजेता समेत रहेका रत्नजितको हारपछि प्रतिक्रिया थियो ।उनले दिपेशले क्षमता अनुसार पुर्ण प्रदर्शन गरेको भन्दैं अब आफुमाथी चुनौती थपिएको स्विकार गरे ।