Everest Bank Ad

फिजियोथेरापी संघले टेबलटेनिस गर्ने

Sunday, January 14th, 2018

काडमाडौं, पुस ३० गते–
नेपाल फिजियोथेरापी संघले माघ १३ गते फिजियोथेरापी कप खुला टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ । सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगिता नेपाल फिजियोथेरापी संघ(नेप्टा)ले गर्न लागेको हो ।

प्रतियोगितामा पुरुष महिला एकल र डबल्स इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा नगद पुरस्कार राशी राख्ने भनिएपनि पुरस्कार रकम भने छिटै घोषणा गर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका फिजियोथेरापिस्टहरु बिच आपसी सदभाव र मित्रता बढाउन सहयोग गर्ने राष्ट्रिय फुटबल टोलीका फिजियोथेरापिस्ट सुरज भुषालले बताए ।