Everest Bank Ad

प्रिन्सले रच्यो नयाँ इतिहास

Monday, October 1st, 2018

princeउदीयमान ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन्।
यो सँगै प्रिन्सले नेपालको ब्याडमिन्टनमा नयाँ इतिहास कायम गरेका छन्। विदेशी भूमीमा स्वर्ण जित्ने उनी पहिलो ब्याडमिन्टन खेलाडी बनेका हुन्।
आइतबार प्रिन्सले इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै यु–१५ ब्वाइजतर्फ च्याम्पियन बन्न सफल भएका हुन्।
प्रिन्सले पहिलो सेटमा २१–११ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि प्रिन्स २१–११ ले विजयी हुन सफल भयो।
सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो वरीयता प्राप्त गरेका थिए।
गत बुधबारबाट शुरु भएको सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ।
प्रिन्स गत साता मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेको थियो उनी पुरुष सिंगल्र्समा पनि सेमिफाइनलमा पुग्न सफल भएको थियो।