Everest Bank Ad

प्रथम ‌ओसिस कप शुरु

Tuesday, September 18th, 2018

रंगशाला

काठमाडौं, असोज १

आयोजक ओसिस स्कुलले प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन सोमबार मिश्रित प्रदर्शन गरेको छ ।basketball

ढोलाहिटीस्थित घरेलु कोर्टमा ब्वाइजमा ओसिस ‘ए’ ले एकमा जित हात पार्यो भने अर्कोमा पराजय भोग्यो। ओसिस ‘ए’ ले क्याम्पियन एकेडेमीलाई ६२–४१ ले पराजित गर्यो । ओसिस ‘ए’ को जितमा हरिश शाहीले २८ अंक योगदान गरे । सुजन महतको २६ अंक सहयोगमा होप भ्यालीले ओसिस ‘बी’ लाई ५३–१३ ले सजिलै हरायो।

ब्वाइजको अन्य खेलमा रेडिअन्टले इरिस एकेडेमीलाई ५४–४७, रातो बंगलाले क्यारेबियनलाई १९–१३, एलआरआईले ग्रामरलाई ४९–३१, नालान्डाले कमललाई ३३–१५, विल्सन एकेडेमीले नेपालयलाई ५७–२९ तथा किस्कले विराटलाई ५६–४४ ले पन्छाए ।

रेडिअन्टका सुवास चौधरीले १८, रातो बंगलाका प्रसयजंग कार्कीले ६, एलआरआईका धिरन कठायतले १६, नालान्डाका रमेशले ११, विल्सनका पेम्बा शेर्पाले २५ तथा किस्कका विश्वास कर्माचार्यले १७ अंक जोडे ।

प्रतियोगिताको ओसिसकी संस्थापक जानुका लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरिन् । असोज ७ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा १२ गरी २८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । गल्र्सको प्रतिस्पर्धा थ्री अन थ्री स्वरुपमा हुनेछ ।