NTC Ad

प्रतिभालाई साहसको विदाई, प्रतिभा आज नेदरल्यान्ड जादैं

Thursday, September 21st, 2017

काठमाडौं, असोज ५ गते
नेपाली भलिबल टोलीकी स्पाइकर प्रतिभा माली विशेष प्रशिक्षणका लागी आज बिहिबार नेदरल्यान्ड जादैछिन । नेदरल्यान्ड भलिबल एशोसियनस, नेपाल आएर प्रशिक्षण दिएका डच प्रशिक्षक पिटर भान टरेलको सहयोगमा नेदरल्यान्ड जान लागेकी हुन ।
प्रतिभा नेपाली भलिबल टोलीको पहिलो रोजाईको स्पाइकर हुन । उनले न्यु डायमन्ड एकेडेमीबाट घरेलु प्रतियोगिता खेल्ने गर्छिन । गत वर्ष प्रतिभाले माल्दिभ्स लिग भलिबल खेल्दै विदेशी खेलाडी तर्फ उत्कृष्ट अवार्ड जित्न सफल भएकी थिइन ।बिहिबार प्रतिभालाई साहस स्पोर्टसले विदाई गरेको छ । प्रतिभा साहस स्पोर्टसकी ब्रान्डएम्बासडर हुन ।

p1

त्यस्तै गत महिना प्रतिभालाई साहस स्पोर्टसले ब्रान्डएम्बेसडर बनाएको थियो । पछिल्लो समय तिव्र गतिमा सफलता हासिल गरिरहेकी खेलाडी हुन प्रतिभा । उनलाई डच भलिबलले तिन साताको इन्र्टनसिप कार्यक्रमको लागी बोलाएको हो । जुन २२ सेप्टेम्बर देखी १४ अक्टोवर सम्म चल्ने डच भलिबलले बताएको छ । इन्र्टन सिपको दौरान ब्यावसायिक क्लबबाट प्राबिधिक प्रशिक्षणमा पनि प्रतिभा सहभागी हुनेछिन ।
नेदरल्यान्डमा भलिबल प्रशिक्षण गर्न पाउनु आफनो करियरको लागी महत्वपुर्ण हुने प्रतिभाले रंगशालाडटकमलाई बताईन । उनले भनिन, नेदरल्यान्ड भलिबल विश्व स्तरमा राम्रोमा चिनिन्छन । त्यहाँ मैले प्रशिक्षण गर्न पाउनु खुसीको कुरा हो । यो अवसरले मेरो करियरलाई थप सफलता हासिल गर्न सहयोग गर्नेछ ।

21441339_351590808608427_1822979172_o