Everest Bank Ad

पिएम कप खेल्न आतुर छन खेलाडीः

Tuesday, February 13th, 2018

नेपालगन्ज, फागुन १ गते
नेपालका स्तरीय प्रतियोगिताको छबी बनाइरहेको प्रतियोगिता हो प्रधानमन्त्री कप (पिएम कप) अन्तराष्ट्रिय महिला भलिबल । नेपालको बलिया टोलीको रोजाईमा पर्छ पिएम कप ।
फागुनको पहिलो साता देखी हुन लागको प्रतियोगिता खेल्न नेपालका स्थानीय देखी राष्ट्रिय खेलाडी आतुर हुन्छन । प्रतियोगिताको तयारी तिव्र गतिमा बढिरहेको छ । प्रतियोगिताको रौनक बढिरहेको बेला पिएम कप भलिबल खेल्न खेलाडी पनि आतुर देखिएका छन । नेपाली महिला भलिबलका स्तरीय टोली अहिले चितवनमा प्रथम मेयर कप महिला भलिबल प्रतियोगिता खेलिरहेको छन । प्रतियोगिताको फाइनलमा पुगिसकेको छ विभागीय टोली एपिएफ । एपिएफकी मुख्य स्पाइकर रेश्मा भण्डारी भने पिएम खेल्नका लागी आफु आतुर भएको बताउँछिन ।

‘हामी वर्ष भरी प्रतियोगिता खेल्न ब्यस्त हुन्छौं । तयारीका लागी धेरै समय पनि पुग्दैन । तर पिएम कपका लागी हामी विशेष तयारी गरेर आउँछौं, रेश्माले भनिन, ‘ नेपालमा हुने धेरै प्रतियोगितामा हामीले चिनेकी टिमसँग खेलेको हुन्छौं । उनीहरुको बारेमा हामीलाई धेरै कुरा थाहा छ । हाम्रा बारेमा पनि भलिबलमा चासो राख्नेलाई जानकारी हुन्छ । तर पिएम कपमा स्तरीय खेलाडी आउने भएकोले हामी खेल्न उत्साही हुन्छौं ।’
इन्डो नेपाल भलिबल प्रतियोगिताको नामबाट सुरु भएको पिएम कप महिला भलिबल अहिले अन्तराष्ट्रिय प्रतियोगिता भैसकेको छ । प्रतियोगितामा विगतमा भारतको राष्ट्रिय टोलीबाट खेलेका खेलाडीले खेल्दै आएका छन । तर यसपटकबाट भने बंगलादेशी टोलीको सहभागिता हुने भएकोले प्रतियोगितामा प्रतिस्पर्धा हुने थप अपेक्षा आम भलिबल दर्शकले गरेको बताउँछन क्षेत्रीय खेलकुद विकास समिती अध्यक्ष एवम नेपाल भलिबल संघका सचिव भीम ओली ।23172924_190210344879723_447717600134369725_n

उनले थपे , ‘हामी हरेक वर्ष प्रतियोगितालाई कसरी भव्य र स्तरीय बनाउने सोचका साथ अघी बढिरहेको छौं । विगतका चुनौतिलाई पार गदै हामी नेपालको लोकप्रिय प्रतियोगिता गर्ने दौडमा अगाडी बढिसकेको छौं । विदेशी खेलाडीको संख्य बढिरहेकाले पनि पिएम कप खेल्न खेलाडी आर्कषित हुने गरेका छन ।’

त्यस्तै महिला भलिबलका स्टार खेलाडी सरस्वती चौधरी र प्रतिभा मालीका लागी आफनो वास्तविक कला देखाउने प्रतियोगिता बनिरहेको पिएम कप । प्रतियोगितामा अग्ला खेलाडीको ब्लकलाई पन्छाउँदै आफनो क्षमता देखाउन सरस्वती र प्रतिभाले नेपालगन्ज कभर्ड हलमा मेहनत गर्ने गर्छन ।

नेपालगन्ज कभर्ड हलमा फागुन ३ देखी ७ गते सम्म चल्ने पिएम कपमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा, आयोजक टिम, विदेशी टिममा देहरादुन(भारत) र बंगलादेशी टिमले प्रतिस्पर्धा गर्नेछन । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख रुपैया, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैया पुरस्कार पाउनेछन ।

विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले आर्कषक पुरस्कार पाउनेछन । प्रतियोगिताको पाँचौ संस्करणको तयारी भैरहेको बेला पिएम कपमा हाल सम्म सर्वाधिक सफल टोली भारतकै छ । पहिलो संस्करण नेपाल पुलिस क्लबले जितेको थियो । त्यसपछि एपिएफले उपाधि जितेपछि पछिल्ला दुइ संस्करणमा लगातार भारतीय क्लबले जितेको थियो । पिएम कप खेलाडीका लागी मात्र आर्कषणको प्रतियोगिता होइन । प्रशिक्षकका लागी प्रतिक्षा गर्ने प्रतियोगिता हो ।
आफनो टिमको वास्तविक स्तर परिक्षण हुने भएकाले पनि पिएम कपलाई महत्वपुर्ण प्रतियोगिताको रुपमा लिएको बताउँछन न्यु डायमन्डका प्रशिक्षक कुमार राई । उनले भने, ‘अन्य प्रतियोगितामा विदेशी खेलाडी आएपनि स्तरीय हुदैनन ।

नेपालको थोरै प्रतियोगितामा केहि राम्रा भारतीय खेलाडी आएका छन । त्यसमा पिएम कप पहिलो प्रतियोगिता हो, राईले भने, ‘हामीले जति नयाँ र स्तरीय खेलाडीसँग खेल्छौं । आफनो स्तर माथि उठछ । नयाँ खेलाडीसँग खेल्दा हामीलाई केहि चुनौति थपिएको हुन्छ । यसले थप मेहनत गर्ने बानीको विकास गरेको हुन्छ ।पिएम कप धेरै टिमसँग पुर्व अनुमान भरमा खेल्न सकिन्न । रियल प्रतिस्पर्धा हुने भएकोले पनि टिमको रोजाईमा पर्छ पिएम कप ।’
एपिएफकी सरस्वती चौधरी एपिएफ कपमा अग्ला र राम्रो स्पाइकर गर्ने खेलाडीसँग खेल्न पाउने भएकोले राम्रो लाग्ने गरेको बताउँछिन ।

न्यु डायमन्डकी सेटर कृपा अधिकारी फरक ठाउँमा खेल्दा टोलीको अनुभव र स्तर बढने बताउँछिन । उनले भनिन, ‘हरेक ठाउँ र टिमको आफनै विशेषता हुन्छन । खेलाडीले नयाँ परिवेस र स्थानमा हाम्रो वास्तविक खेल देखाउन सक्नु पर्छ । पिएम कपमा हाम्रा लागी केहि फरक ठाउँ हो । हामीले त्यहा गएर आफनो कमजोरलाई कसरी सुर्धाने राम्रो टिमसँग कसरी खेल्ने भन्ने कुरा सिकिरहेको हुन्छौं । यसले घरेलु प्रतिस्पर्धामा पनि हामीलाई सहयोग गरेको हुन्छ ।’
ब्यवस्थापन र विदेशी खेलाडीको सहभागिताले पिएम कप भलिबल नेपाली खेलाडीको लागी रोजाईको प्रतियोगिता हुने गरेको बताउँछन आयोजक बाँके जिल्ला भलिबल संघ अध्यक्ष टिएस ठकुरीले । उनले भने, ‘हामीले प्रतियोगितालाई स्तर विकासमा मात्र जोड दिएको छैनौ । कला संस्कृती र देश देशका खेलाडीहरु पछि आत्मीय सम्बन्धलाई विकास गर्नको लागी ध्यान दिइरहेको छ । यसले हरेक देशमा खेल संस्कृतीको विकासमा सहयोग गरेको हुन्छ ।’