Everest Bank Ad

पारसको चितवनको लगातार दुई हार

Monday, October 29th, 2018

ppरंगशाला
पोखरा, कार्तिक १२
पोखरा प्रिमियर लिग पीपीएलमा पारस खड्काको टोली चितवन राइनोजले लगातार दोस्रो हार ब्यहोरेको छ। सोमवार पोखरा पल्टनले चितवनलाई ५ विकेटले परास्त गर्यो।
चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ४० बनायो। जवाफमा शरद भेषावकरको पोखराले १७ ओभर २ बलमा १४६ रन बनाएर लक्ष्य भेट्टायो।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनको शुरुआत राम्रो भएन। १८ रनमा पहिलो विकेटको रुपमा हरिशंकर शाह (३)लाई गुमाएको टोलीले त्यसपछि अनिल शाह (१६) र सोनु तामाङ (२१)मा आउट हुंदा टोलीको स्कोरबोर्डमा ५७ रन चढेको थियो।
त्यसपछि कप्तान पारस खड्का र सन्नी पटेलले खेल सम्हाले। यी दुईले चौथो विकेटका लागि ५३ रनको साझेदारी गर्दै स्कोर ११० पुर्याए। पारसले ३ चौका र ३ छ्क्का प्रहार गरेर ४४ रन बनाए। तर पारसको रुपमा यो जोडी टुटेपछि आएका करण केसीले टोलीलाई निराश पारे । २ बल खेलेर उनी मोहम्मद नावेदद्धारा खाता नै नखोली आउट भएका थिए। सन्नीले अविजित ४६ रन जोडेका थिए। बलिङ तर्फ
तर पारस ४४ रनमा आउट हुँदा चितवनले एक सय १० रनमा चौथो विकेट खेर फाल्यो । चितवनका लागि सन्नी पटेलले ४६ रन बनाए । बलिङ तर्फ विक्रम भुषालले दुई तथा कप्तान शरद, नावेद र मेहबुब आलमले १/१ विकेट लिए।
जवाफमा पोखरा पनि शुरुआतमा धरमराएको थियो । ओपनरद्धय कुशल भुर्तेल र आशिफ शेखले खाता खोल्न नसकेपछि खेलको रोमाञ्च वढेको थियो। तर शन्नी पटेल र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेपछि पोखरा खेलमा फर्किने संकेत गर्यो।
टोलीलाई जिताउने काम कप्तान शरद ३७ र रविन्दर सिंह ६५ को जोडीले गर्यो।
प्रतियोगितामा पोखरा, बुटवल र काठमाडौको चार चार अंक बनेको छ। पोखराले एक खेल वढी खेलेको छ।