Everest Bank Ad

पाँचौं चरणमा केशव पराजित

Saturday, March 26th, 2016

काटमाडौं श्रावण २२

युएईमा जारी एशियन कन्टिन्न्टल चेस च्याम्पियनसिपमा नेपालका क्याण्डिेट मास्टर(सिएम) केशव श्रेष्ठले पाँचौ चरणको खेलमा हार ब्यहोरेको छ।

यसअधि चौथो चरणसम्म बराबरी खेलेका केशवलाई भारतिय २४२६ रेटेड अन्तर्राष्ट्रिय मास्टर(आई एम) कार्तिके एन पिले पराजित गरेका थिए। क्जिन्स ग्याम्बिट प्रणालीमा खेल सुरु गरेका कार्तिकेले केशवलाई सुरुवात देखि नै दवाबमा राख्न सफल भए ।

निरन्तर दवाब झेलिरहेका केशबले २२ औं चालमा हात्तीको बदला घोडा साटे। जुन केशवको ठुलो गल्ति थियो। त्यसपछि कार्तिकेले खेललाई नियन्त्रणमा राखे र २५ औं चालमा हात्ती एउटा फाईदा गरे। केशवले खेलमा फर्किने अबस्था नदेखेर २८ औं चालमा कार्तिकेलाई खेल सुम्पिन बाध्य भए।
केशवले छैटौं चरणमा भारतका नितिन एस(आई एम) को सामना गर्नेछ।