NTC Ad

पहिलो ओभरमा नेपाललाई ९ रन

Monday, September 11th, 2017

मलेसिया, भदौ २६ ।

एसीसी अन्डर १९ इस्र्टन रिजन क्रिकेटको पहिलो खेलमा थाईल्याण्डविरुद्व पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमा ९ रन बनाएको छ ।
संग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगितामा थाईल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रने निर्णय गरेको हो । ओपनरमा आसिफ सेख र सन्दिप सुनार क्रिजमा छन् ।

८ देश सहभागि प्रतियोगितामा नेपाल समुह एमा रहेको छ । नेपालले बुधबार भुटान र बिहिबार सिंगापुरसंग समुह चरणको खेलमा प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेता टोली एसिया कपमा छनोट हुनेछ ।