Everest Bank Ad

पदक विजेता ब्याडमिन्टन खेलाडी सम्मानित

Thursday, November 16th, 2017

काठमाडौं, कात्तिक ३० गते–
पाकिस्तानमा सम्पनन पाकिस्तान अन्तराष्ट्रिय सेरिज २०१७ मा विजयी भई स्वदेश फर्केका खेलाडीलाई नेपाल ब्याडमिन्टन संघले दशरथ रङ्गशालामा सम्मान गरेको छ ।9
संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ तथा पदाधिकारीहरुले खेलाडीहरुलाई खदा ओडाउनुका साथै सगुन सहित सम्मान गरेका थिए ।
पाकिस्तानमा सम्पन्न अन्तराष्ट्रिय सिरिजमा मिक्स डबल्स तर्फ नेपाली खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक पाएका थिए । जसमा दिपेश धामी र शोभा गौचनले स्वर्ण, अघिल्लो संस्करणका विजेता दिदि भाई नङ्गशल देवी तामाङ्ग र रत्नजित तामाङ्गले रजत तथा बिष्णु कटुवाल र सुनैना मुखियाको जोडीले कास्य पदक हात पारेका थिए ।
खेलाडीहरुलाई सम्मान गर्दै अध्यक्ष रामजी श्रेष्ठले खेलाडीहरुले बैदेशिक भूमिमा राम्रो प्रदर्शन गर्दै आईरहेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकारको नतिजा हात पार्न प्रयत्न गर्नु पर्ने बताए । उनले आगामी दिनमा खेलाडीहरुको स्तर बृद्धिका लागि अझ बढि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता गराउने तर्फ संघ लागि पर्ने बताए ।