NTC Ad

न्यु डायमन्डका प्रशिक्षक राई सम्मानित

Saturday, September 23rd, 2017

काठमाडौं, असोज ७ गते–
न्यु डायमन्ड एकेडेमीका प्रधानाध्यापक एवं भलिबल प्रशिक्षक कुमार राई शनिबार सम्मानित भएका छन् । भलिबललाई राष्ट्रिय खेल बनाउन र उदयीमान नवप्रतिभावान खेलाडी उत्पादनमा पुयाएको योगदानको कदर गर्दै राईलाई नयाँ नैकापमा अवस्थित तपाई हाम्रो बहुउद्देशीय सहकारी संस्थाले सम्मान गरेको हो ।

pas 4
नैकापस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा तपाई हाम्रो बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष मनोजकुमार थापामगर र सल्लाहकार खोमराज खरेलले राईलाई सम्मानपत्रबाट सम्मान गरे ।
कार्यक्रममा हाल नेदरल्यान्ड्समा रहेकी राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड स्पोर्टस् क्लबलाई पनि सम्मान गरिएको थियो ।