NTC Ad

न्युटन प्रथम प्याब्सन पुरुष भलिबल च्याम्पियन

Monday, November 6th, 2017

काठमाडौं, कात्तिक २० गते–
प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्र्तगत पुरुषतर्फ बालुवाटरको न्युटन हाईस्कुल च्याम्पियन बनेको छ ।

सोमवार भएको फाईनल खेलमा न्युटनले नुवाकोटको बुङताङ  भलिबल टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै यू–१८ को च्याम्पियन बनेको हो ।
नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा सोमवार भएको फाइनल खेलमा न्युटनले बुङताङ भलिबल टिमलाई २५–२०, २५–१७ र २५–१७ को सेटमा पराजित गयो ।

जितसँगै उपाधि विजेता न्युटनले नगद एक लाखसहित ट्रफी मेडल र प्रमाण पत्र हात पा¥यो । उपविजेता बुङताङले नगद ६० हजार सहित ट्रफी हात पा¥यो । प्रतियोगिताको तेस्रो स्थान थ्रीस्टार एकेडेमी काठमाडौं र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले संयुक्त रुपमा प्राप्त गरे । तेस्रो स्थान हासिल गरेका दुवै टोलीले नगद ३५ हजार हात पारे ।
नेपाल बिद्यालय भलिबल कमिसनको आयोजनामा संचालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी न्युटन स्कुलका अजय सुनार घोािषत भए । उनले नगद ५ हजार प्राप्त गरे ।

यसैगरी विधागत उत्कृष्टतर्फ बुङताङका आसिस मगर उत्कृष्ट स्पाइकर, न्युटनका छामकुमार कुँवर सेटर, न्युटनकै हरि घर्तीमगर ब्लकर, न्युटनकै ओमप्रसाद घिमिरे उत्कृष्ट सर्भर र बुङताङकै जहिल तामाङ बेस्ट डिफेन्डर घोािषत भए । उत्कृष्ट सबैले नगद ३ हजार पाए ।
विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, सचिव जगदिश भट्ट, आयोजक नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसी, सचिव लोकेन्द्रबहादुर खड्का, कमिसनका सल्लाहकार तथा ग्रीनल्यान्ड स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङलगायतले पुरस्कार प्रदान गरे ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को मुख्य प्रायोजनमा भएको प्रतियोगितामा महिलातर्फ १६ र पुरुषतर्फ २३ टोलीको सहभागिता रहेको थियो ।

कार्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने २४ महिला र २४ पुरुष छनोट गरी यू–१८ को राष्ट्रिय टोली निर्माण गरिने छ । नेपाली टोलीले आगामी चैतमा माल्दिभ्समा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनेछ ।