NTC Ad

नेरीको उत्कृष्ट ब्याटिङ, विश्व कप छनोटमा नेपाल तेस्रो

Monday, November 27th, 2017

काठमाडौं, मंसिर ११ गते–
आइसिसी विश्व कप अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले हङकङलाई ३६ रनले हराउँदै तेस्रो भएको छ ।  सोमबार नेरी थापाले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले हङकङलाई सहजै हराएको हो ।

वुमन अफ द म्याच नेरीले ३८ रन र १ विकेट लिएकी थिइन । सोमबार सुरुआतमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको नोक्सानीमा ९४ रन जोडेको थियो ।women of th match
ओपनर ज्योती पाण्डे २ र सरिता राना मगर ३ रनमा आउटपछि नेरी नेपाली टोलीको इनिङसलाई नेतृत्व गरेकी थिइन । राष्ट्रिय टोलीकी पुर्व कप्तान नेरीले ३४ बलमा ५ चौका प्रहार गर्दै नेपालको स्कोरलाई बढाउनमा सहयोग गरिन ।

नेरी चान साउ हारको बलमा बोल्ड भएपछि करुण भण्डारी र कप्तान रुबिना क्षेत्रीले नेपालको ब्याटिङलाई अन्तिम ओभर सम्म नेतृत्व गरे । नेपालले निर्धारित २० ओभर पुरा खेल्दा करुणाले १४ र रुबिनाले १५ रन जोडेकी थिइन । हङकङकी मारिको हिलले २ विकेट लिइन ।

Neri thapa
करुणा भण्डारीले ३ विकेट लिएपछि हङकङलाई नेपालले १९.५ ओभरमा ५८ रनमा अलआउट गरेको थियो । करुणाले ४ ओभरमा १० रन खर्चिन । नेपालका लागी सबनाम राई, सरिता मगर, नेरी र रितु कनोजियाले समान १ विकेट लिए ।

हङकङको दुइ खेलाडीले बाहेक अन्यले दोहोरो स्कोर जोडन सकेका थिएन ।  चान साउले १३ र कार्य चानले ११ रन बनाएकी थिइन ।
यसैगरी सोमबारै भएको फाइनल खेलमा थाइल्यान्डले युएइलाई २२ रनले हरायो । टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले १९.२ ओभरमा ७८ रन जोडेको थियो । जवाफमा युएइले २० ओभरमा ५६ रनमात्र बनाउन सक्यो