Everest Bank Ad

नेयमारको ह्याट्रिकमा पीएसजी विजयी

Friday, October 5th, 2018

लन्डन,(एजेन्सी)
च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित दर्ता गर्दा नेयमारले ह्याट्रिक योगदान गरेका छन् ।
समुह ‘सी’ अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ को फराकिलो गोलअन्तरले हराएको हो । पीएसजीको जितमा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक गर्ने क्रममा २१ मिटर र २५ मिटर दूरीबाट प्रहार गरेको दुईवटा फ्रिकिक गोलमा परिणत भएका थिए ।neyemar hatrick
खेलको २० औं मिनेटमा २१ मिटर टाढाबाट फ्रिकिक प्रहार गर्दै नेयमारले उत्कृष्ट गोल गरेपछि पीएसजीले सुरुवाती अग्रता बनाएको थियो । त्यसको दुई मिनेट नबित्दै नेयमारले दोस्रो गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा एडिन्सन काभानीले गोल गरेपछि पीएसजीको तस्रो गोल सम्भव भयो । ४१ औं मिनेटमा एन्जल डि मारियाले गोल गरेपछि पहिलो हाफसम्म पीएसजीले ४–० को अग्रता बनाएको थियो ।
खेलको ७० औं मिनेटमा क्लियन एम्बाप्पेले गोल गरेपछि पीएसजीले ५–० को अग्रता बनायो । यस्तै ७४ औं मिनेटमा रेड स्टारका लागि मार्को मारिनले एक गोल फर्काए । तर ८१ औं मिनेटमा २५ मिटर टाढाबाट फ्रिकिक मार्फत नेयेमारले सुन्दर गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पीएसजीले ६–१ को जित निकाल्यो ।
समुह चरणको पहिलो खेलमा लिभरपुलसँग ३–२ गोलले पराजित भएको पीएसजी दोस्रो खेलमा लयमा फर्कँदै तीन अंक जोड्न सफल भएको छ ।
यसै समूहको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलाई इटालियन क्लब नेपोलीले हराएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा नेपोलीले लिभरपुलाई १–० गोलले हराएको हो । नेपोलीको जितमा ९० औं मिनेटमा लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरेका थिए ।
जितसँगै चार अंक जोडेको नेपोली समुहको शिर्ष स्थानमा छ । तीन अंक जोडेको लिभरपुल दोस्रो र तीन अंकै जोडेको पीएसजी तेस्रो र १ अंक जोडेको रेड स्टार चौथो स्थानमा छन् ।
बार्सिलोनाको शानदार जित
स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्बल टोटनह्याम विरुद्ध शानदार जित दर्ता गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको समुह ‘बी’ अन्तर्गतको खेलमा बार्सिलोनाले टोटनह्यामलाई उसैको मैदानमा ४–२ गोलले हराएको हो । बार्सिलोनाको जितमा मेसीले दुई तथा फिलिपे कौटिन्हो र इभान राकिटिकले एक–एक गोल गरेका थिए । टोटनह्यामका लागि ह्यारी केन र लामेलाले गोल फर्काए ।
बार्सिलोनाले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । उक्त गोल फिलिपे कौटिन्होले गरेका थिए । खेलको २८ औं मिनेटमा कौटिन्होकै पासमा राकिटिकले गोल गर्दा बार्सिलोनाले अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफ २–० गोलमा सकिएको खेलको दोस्रो हाफमा थप चार गोल भएको थियो ।