NTC Ad

नेपाल एक स्थान तल, जर्मनी शिर्ष स्थानमै

Monday, October 16th, 2017

काठमाडौं, असोज ३० गते–
एएफसी एसिया कपमा लगातार दुइ खेलमा हारको सामना गरेको नेपाली पुरुष फुटबल टोली फिफाले सोमबार घोषण गरेको नयाँ वरियतामा एक स्थान तल झरेको छ ।
फिफाले जारी गरेको वरियतामा जर्मनीले शिर्ष स्थानमा निरन्तरता दिदा नेपाल एक स्थान तल झर्दै १ सय ७६ औ स्थानमा झरेको हो ।
नयाँ वरियतामा ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो, बेल्जियम, पोल्यान्ड छैठौं स्थानमा छन ।  फ्रान्स एक स्थान उक्लदै फ्रान्स सातौ स्थानमा आएको छ । चिली र पेरु क्रमश नवौं र दशौ स्थानमा छन ।
फिफाले अक्टोवरमा टोलीले गरेको प्रदर्शनको आधारमा नयाँ वरियता सार्वजनिक गरेको हो । नयाँ वरियता अनुसार दक्षिण एसिया देशहरुबिचको प्रतिस्पर्धा भारत शिर्ष स्थानमा छ । भारत १ सय ५ औ स्थानमा छ ।