Everest Bank Ad

नेपाली शब्द लेखिएको मेसीको जुत्ता

Tuesday, September 18th, 2018

लन्डन, (एजेन्सी)

नेपाली शब्द भएको जुत्ता लगाएको फोटो सार्वजनिक भएपछि बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको जुत्ताले चर्चा पाएको छ।

गत शनिबार ला लिगा अन्तर्गत रियल सोसिडाडसँगको खेलका लागि एनोइटा यात्रा गर्नेक्रममा मेसीले नेपाली शब्द लेखिएको जुत्ता लगाएको थियो।

messi1 shoes 2

उनको दायाँ खुट्टाको जुत्तामा ‘संसार’ शब्द लेखिएको छ भने बायाँ खुट्टामा लगाएको जुत्तामा अंग्रेजी शब्द ‘इक्विलिटी’ लेखिएको छ । उक्त जुत्ताको बजार मूल्य २ सय ५० अमेरिकी डलर रहेको जनाएको छ ।

उक्त जुत्ता विश्वप्रसिद्ध स्पोर्टस् ब्राण्ड एडिडासले उत्पादन गरेको हो। एडिडासले करिब ११ महिनाअघि ‘फेरेल एक्स’ सेरिजको उक्त जुत्ता बजारमा ल्याएको थियो। मेसी एडिडास उत्पादनको ब्राण्ड एम्बेस्डर पनि हुन्।

सोही सेरिजको जुत्तामा उनी रियल सोसिडाड क्लब रहेको स्थान सान सेबास्टियन विमानस्थलमा देखिएका थिए।