NTC Ad

नेपाली टोली ताजकिस्तान तर्फ

Friday, October 6th, 2017

काठमाडौं, असोज २० गते–
ताजकिस्तान विरुद्ध जित हासिल गर्ने लक्ष्य सहित नेपाली फुटबल टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले एएफसी एसिया कप छनोट फुटबल अन्तर्गत समुह ‘एफ’ को खेलमा ताजकिस्तानसँग खेल्दैछ । असोज २४ गते नेपाल र ताजकिस्तानले खेल्नेछन । शुक्रबार ताजकिस्तान जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)सदस्य सचिव केशब कुमार विष्ट, अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे ।

Farewell (5)
समुह चरणको तिन खेल सकिदा नेपालले १ अंकमात्र जोडेको छ । तिन मध्ये दुइ खेल घरेलु मैदानमा खेलेको नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । यमनसँग बराबरी नतिजा नै नेपालले हालसम्म गरेको गतिलो प्रदर्शन हो ।
छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । अर्को खेलमा नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो । ताजकिस्तान विरुद्धको खेलले नेपालको एसिया कप खेल्ने सम्भावनालाई थप प्रष्ट पार्नेछ ।
हालसम्म नेपाल समूह ‘एफ’ को पुछारमा छ ।
समूहमा फिलिपिन्स शीर्ष स्थानमा छ । फिलिपिन्सले तीन खेलबाट ७ अंक, दोस्रो स्थानमा रहेको यमनले ५ र ताजकिस्तानले ३ अंक जोडेका छन् ।