Everest Bank Ad

नेपालले हरायो जर्सीलाई

Saturday, September 10th, 2016

भदौ २५ गते
अजरबैजानमा भईरहेको ४२ अौ  चेस अोलम्पियादमा सातौं चरणको खेलमा  नेपालको पुरुष टिमले जर्सीलाई ४-० ले पराजित गरेका छन्। महिला टिम भने ३-१ले अाई सि सि डीसंग हारिन्।

पुरुष टिम समूह डी मा ७ अंक सहित चौथो स्थानमा रहेको छ। नेपालको लागि अाठौं चरणको खेल महत्त्वपूर्ण रहेको छ। अाठौं चरणको खेलमा सफलता हासिल गर्न सके नेपालले पदक हात पार्ने प्रबल संभावना रहेको छ।

नेपालको लागि अाज ठुलो उपलब्धि रहयो। सजिन महर्जन र सुजना लोहनीले क्यान्डिडेट मास्टरको  उपाधि हात पार्न सफल भए।
सजिनले जर्सिका   वाईस्कि पल १९९२ रेटेड खेलाडीलाई पराजित गरेका थिए भने सुजनाले अाफु भन्दा उच्च वरियताका १८०७  रेटेड खेलाडीलाई स्भातिनल गोन्चरलाई पन्छाएर सो उपाधि हात पारेका हुन। सजिनले छ खेलमा ब्यक्तिगत ४ अंक र सुजनाले पाँच खेलमा ४ अंक प्राप्त गरेका थिए। सजिनले तीन खैलमा दुईवटा अंक र सुजनाले चार खेलमा दुई अंक लिन सफल भएमा फिडे मास्टरको उपाधि हात पार्नेछन्।
प्रतियोगिता अवधिभर  उत्कृष्ट लयमा रहेका २०१७ रेटेड फिडे मास्टर बिलमलाल श्रेष्ठले पनि राम्रो प्रदर्शन गरे ।उनले १८८० रेटेड खेलाडी  टिटो कानलाई खेलको ६७ अौं  चालमा माथ गरेका थिए। छ खेल खेलेका बिलमले पाँच खेलमा  जीत निकालेका थिए भने एक खेलमा पराजित भएर ब्यक्तिगत पाँच अंक पुर्याएको छ।
त्यसैगरी भुपेन्द्र निरौला लगातार दोस्रो जित दर्ता गरेका छन्। २०७१ रेटेड भुपेन्द्रले २०४४ रेटेड खेलाडी लाई क्रजिस्तोफ बेल्जो ५८  अौं चालमा निरास पार्न सफल भए भने२०१३ क्षितिज भण्डारीले १८४० रेटेड खेलाडी ग्राहम मनिलाई हराएर प्रतियोगितामा दोस्रो  जित हासिल गरि सि एम बन्ने अभियान तर्फ अगाडि बढेको छ। उनले ब्यक्तिगत २ अंक हात पारे। महिला टिममा मोनालिसा खम्बु, सिन्दिरा जोशी र अस्मिता अधिकारी निरास भईन्। अाठौ चरणमा नेपाली पुरुष टिमले अाई बि सि एसंग र  महिला टिमले मालवीसंग प्रतिस्पर्धा गर्नेछन् ।