NTC Ad

नेपाललाई शिर्ष स्थानमा पुर्याउछुः ज्याक

Saturday, March 26th, 2016

काठमाडौं, पुस २५

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ज्याकले नेपाललाई दक्षिण एसियाको शिर्ष स्थानमा पुयाउने बताएका छन् । पोल्यान्डका प्रशिक्षक ज्याक स्टेफानोस्कीले नेपालका बारेमा धेरै थाहा नभएपनि फुटबलमा उपलब्धी दिलाउनु लक्ष्य भएको बताए । ‘मेरो लक्ष्य नेपाललाई दक्षिण एसियाको उत्कृष्ट टिम बनाउने हो, तर यसका लागि सबैको सहकार्य आवश्यक छ ।’

स्टेफानोस्कीले २०१० मा पोर्टोरिको आइल्यान्डको पुरुष तथा महिला राष्ट्रिय टोलीको कार्यबहाक प्रशिक्षक भएर काम गरिसकेका छन् । राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक ज्याक युरोपेली फुटबलको सर्वोच्व निकाय युइएफएका ए लाइसेन्सप्राप्त छन् । ज्याकले अमेरिकाको लर्ड आइल्यान्ड रक राइटर्सबाट फुटबल खेलेका थिए । १३ वर्ष फुटबल खेलाडीका रूपमा बिताएका स्टेफानोस्कीसँग प्रशिक्षक भएर १५ वर्ष काम गरेको अनुभव छ । उनी प्राविधिक रूपमा राम्रो प्रशिक्षक मानिन्छन् । एक वर्षे बसाइमा स्टेफानोस्कीले मासिक ८ हजार अमेरिकी डलर पाउने छन् । त्यसमा ४ हजार एन्फा र ४ हजार अमेरिकी प्रायोजक कम्पनी प्लस वानले दिने सहमति छ ।

२००८ यता ट्रोपा नारान्जाले चार च्याम्पियनसिप उपाधि जित्दा स्टेफानोस्की टोलीको प्रशिक्षण टिममा थिए । टोलीले २००८ मा युएसएल डिभिजन वान कमिस्नर्स कपका साथै सिएफयु क्लब च्याम्पियनसिप लगातार २०१० र २०११ मा जितेको थियो ।

सन् १९८२ देखि २००६ सम्म स्टेफानोस्कीले अमेरिकामा युथ फुटबलबाट सुरु गरेर न्युयोर्क आल्फपेक्स वेस्टर्न, इरिस रोभर्स एससी, ब्रिकलेन नाइट्स, इजरिया एससी र लङ आइल्यान्ड रक राइडर्सबाट व्यावसायिक फुटबल खेलेका थिए । ज्याकले अमेरिकी फुटबल महासंघबाट बी लाइसेन्सका साथै नेसनल गोलकिपिङ लाइसेन्स र नेसनल सकर कोचेज एसोसिएसन अफ अमेरिका (एनएससिएए) बाट ‘एडभान्स नेसनल’ कोर्समा डिप्लोको परिक्षा उत्तिण गरेका छन् ।