Everest Bank Ad

नेपालमा महिला साफ च्याम्पियनसिप हुने

Tuesday, November 20th, 2018

logo anfaरंगशाला
काठमाडौं, मंसिर ४
अर्को वर्ष सन् २०१९ मा नेपालको विराटनगरमा पांचौं महिला साफ च्याम्पियनसिपको आयोजना हुने भएको छ। आगामी डिसेम्बरमा हुने तय भएपनि आयोजनाबाट श्रीलंका पछि हटेपछि नेपालले उक्त जिम्मा पाएको हो। दक्षिण एसियाली फुटबल महासंघ साफले मंगलवार उक्त निर्णय गरेको थियो। निर्णयानुसार प्रतियोगिता ११ देखि २१ मार्च २०१९ सम्म हुनेछ।
कुन कुन दक्षिण एसियाली राष्ट्रले भाग लिने भन्ने विषयमा भने निर्णय हुन बाँकी छ।
हालै ओलम्पिक छनोट चरणको दोस्रो चरणमा पुग्न सफल नेपाली महिला टोली साफ च्याम्पियनसिपको भारतसंगको दावेदार राष्ट्र पनि मानिन्छ।