NTC Ad

नुवाकोटको बुङताङ सेमिफाईनलमा

Thursday, November 2nd, 2017

काठमाडौं, कात्तिक १६ गते–
बुङताङ भलिबल टिम प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिवार भएको क्वाटर फाईनल खेलमा नुवाकोटको बुङताङले कोटेश्वरको ग्लासियर कलेजमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो । बुङताङले पहिलो सेट २३–२५ ले गुमाए पनि दोश्रो सेटमा उत्कृष्ट प्रदर्शन गदै २५–९ को सहज जित निकाल्यो । तेश्रो सेटमा ग्लासियरले सुधारिएको प्रदर्शन गदै २५–२३ ले आफ्नो नाममा लेखाउदै खेल २–१ को अवस्थामा ल्यायो ।

चौथो र पाँचौ सेटमा खेलमा फर्किएको बुङताङले उत्कृष्ट प्रदर्शन गदै २५–२३ र १५–१३ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । बिजयी टिम नुवाकेटका आशिष मगर म्यान अफ द म्याच चुनिए ।
निजी तथा आवसिय बिद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजनमा सञ्चालन भएको पुरुषतर्फको प्रि–क्वाटर फाईनल खेलमा सफलता हात पादै कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी,भक्तपुरको स्प्रिङडेल एकेडेमी,ढोरपाटन स्पोर्टस् क्लब र न्युटन हाईस्कुल क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

लिटिलबुद्धले काभ्रे बिद्यालय भलिबल कमिसनलाई २५–१३ र २५–१९ ले हराउदा स्प्रिङडेलले दोलखाको श्री सैलुङघ्याङ युवा क्लबलाई २५–१७ र २५–१५ को सोझो सेटमा स्तब्ध बनायो । त्यस्तै ढोरपाटन स्पोर्टस् क्लबले आरुणी स्कुलमाथी २५–१६ र २५–२३ को जित निकाल्दा न्युटन हाईस्कुलले सुर्खेतको भलिबल संघलाई २५–१८ र २५–१३ को सोझो सेटमा हरायो । शुक्रवार क्वाटर फाईनलमा लिटिलबुद्ध र स्प्रिङडेल तथा ढोरपाटन र न्युटनसग खेल्ने छन् ।
नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको महिलातर्फको खेलबाट सफलता हात पादै श्रीगाउँ खेलकुद बिकास समितिले टप्स माबिसग तथा ढोरपाटनले एभरेष्ट स्कुलसग  क्वाटर फाईनलमा भेट पक्का गरेका छन् ।

प्रि–क्वाटरफाईनल खेलमा दाङको श्रीगाउँ खेलकुद बिकास समितिले काभ्रे बिद्यालय भलिबल कमिसनलाई २५–१६ र २५–९ को सोझो सेटमा हराउदा पोखराको टप्स माबिले काठमाण्डौंको बिन्ध्यावासीनी स्कुललाई २५–१८ र २५–१४ को सोझो सेटमा स्तब्ध पारेको थियो । त्यस्तै काठमाण्डौको ढोरपाटन स्पोर्टस् क्लबले माफलाई २५–८ र २५–८ को सोझो सेटमा हराउदा रुपन्देहीको  एभरेष्ट बोडिङ स्कुलले ग्लासियरबाट वाकओभर पायो ।
नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले नगद १ लाख प्राप्त गर्ने छ । यस्तै उपविजेताले ६० हजार, तेस्रोले ३५ हजार तथा उत्कृष्ट विधाका विजेताले नगद ५ हजार सहित उत्कृष्ट अवार्ड हात पार्नेछन् । कात्र्तिक १९ गते सम्म सञ्चालन हुनेछ ।